पाल्पामा नेपाली काङ्ग्रेसको बिरोध  ऱ्याली ।

पाल्पा । देश व्यापी रूपमा सञ्चालन भइरहेको बिरोध ऱ्याली  पाल्पा पनि नेपाली काङ्ग्रेस पाल्पाले निकालेको छ ।

नेपाली काङ्ग्रेसको पाटी कार्यालयबाट शुरू भएको ऱ्याली आन्दोलन चोक , टुडिखेल, नारायण सिल्खानटो तेस्रो सडक हुँदै विपि चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।  ऱ्याली सहभागी पाटीका कार्यकताहरूले संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद,मुल्य वृद्धि बन्द गर,नालायक भष्ट सरकार मुर्दवाद,नेपाली काङ्ग्रेस जिन्दवाद जय नेपालको नाराले मुक्ति पाउँछन् सारा लगाएतका नारा लगाएका थिए । कार्यक्रम प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका पुर्व सभापति एवम केन्द्रीय सदस्य राजन प्रसाद शर्माले अहिले कम्युनिस्ट सरकार भष्टचारमा मौलाएको बताउनु भयो । देशका सोझा साझा जनतालाई झुक्याएर आफुहरु मोटाउने काम गरेको पनि बताउनु भयो । देशमा कम्युनिस्ट सरकार आएको करिब आधा समय बितिसकेको समयमा महरा काण्ड,सुन काण्ड,बालुवाटार काण्ड,हवाइट बण्डी काण्ड लगाएतका काण्डे काण्डमा सरकार फसेको पनि जिकिर गर्नु भयो ।

कम्युनिस्ट सरकारले जनतालाई झुक्याएर देशलाई भष्टचारमा डुबाएको बताउनु भयो । आफ्ना पाटीका कार्यकताहरूले भष्टचार गरे पनि,अन्याय ,अत्याचार गरे त्यस्को बिरूद्वमा नबोली त्यस्ता कार्यकताहरूलाई संरक्षण दिएको पनि बताउनु भयो । कार्यक्रममा पाटी सभापति वीर बहादुर रानाले लोकतन्त्र राजा महाराजाबाट भन्दा कम्युनिस्ट सरकारबाट लोकतन्त्र खतरामा रहेको बताउनु भयो । देशमा कम्युनिस्ट सरकार आईसके पछि लोकतन्त्रलाई साधन बनाएर लोकतन्त्रको नाममा अधिनायकवाद भित्राउने काम कम्युनिस्ट पाटी गरेको पनि बताउनु भयो । जस्को द्वन्दको स्वरूप आफुहरु भित्र द्वन्द उत्पन्न भएको पनि बताउनु भयो । नेपाली काङ्ग्रेस पाटीले बर्षै देखि सत्ता सञ्चालन गर्दै आएका राजा महाराजालाई समेत फालेको बताउदै टुक्रा टुक्रा परेर बसेका कम्युनिस्टहरू अहिले एक ठिक्का भएकाले अब सकिने पालो कम्युनिस्टको रहेको बताउनु भयो । अबका दिनमा सरकारले आफ्न मागहरूलाई गम्भीर भएर नलिएमा थप आन्दोलनका कार्यक्रमहरू पनि सञ्चालन गर्ने चेतावनी दिनु भयो । कोण सभामा महिला संघकी सभापति गंगा पौडेल ,सम्पूर्ण युवाहरूको तर्फबाट नेपाल विद्यार्थी संघका जिल्ला सभापति सुरेश बोहोरा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम पाटीका जिल्ला सचिव झपेन्द गैरेको सञ्चालन भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago