निकुञ्जका तीन फरार अभियुक्त पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाईभरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन् । घलानलाई मध्यवर्तीक्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा रु २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ ।

विसं २०७४ जेठ १९ गते दायर मुद्दामा २०७६ असार ३० गते फैसला भएको थियो । मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदैआएका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

त्यसैगरी  कुमालद्वयलाई अवैधरुपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसलाभएको थियो । विसं २०७३ असोज १९ गते दायर मुद्दामा २०७६ असार २६ गते फैसला भएको थियो । मुद्दाका सातजना अभियुक्तमध्येचारजना फरार रहेका थिए । तीमध्ये दुईजना पक्राउ परेका हुन् । उनीहरुलाई कात्तिक १८ गते पक्राउ गरिएको हो । एक वर्षभन्दा कमसजाय हुने मुद्दा निकुञ्ज आफैँले पैसा गर्ने गर्दछ । पक्राउ परेकाहरुलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago