माथागढीले ८२ घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदियो ।

पाल्पा , असोज २८ ।  पाल्पा माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित रहेका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाँउपालिकाले निशुल्क बीमा गरिदिएको बताउनुभयो । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको उहाँको भनाई छ । यसअघि सरकारले गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पुर्याउन ल्याउन स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ । स्वास्थ्य बीमा गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई केन्द्रित गरिए पनि तर सुरुमा बुझाउनु पर्ने ३५ सय रुपैयाँ पनि तिर्न नसक्नेलाई समस्यै थियो । सामान्य रोग लागि हाल्यो भनेपनि ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताउने गरेको यहाँका स्थानीयलाई अहिले सहज भएको छ । गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर मात्र पनि उपचारका लागि सदरमुकाम जान सकिने स्थानीय खेम बहादुर वि.क ले बताउनु भयो । गाउँपालिकाको यस्तो कार्यक्रमले हामीलाई निकै सहज भएको छ उहाँले भन्नुभयो रोग लागि हाल्यो भने गाउँ–गाउँमा ऋण खोजेर हिड्नु पर्ने समस्या अन्त्य भएको अहिले पैसाको पनि बचत भएको छ । ५ जना सम्मको परिवारले ३५०० रुपैयाँको बीमा गरेपछि १ लाख सम्मको उपचार सेवा निशुल्क पाउँछन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago