एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ होमपोड मीनी ,आइफोन १२ मिनी, आइफोन १२ प्रो र प्रो म्याक्स सार्वजनिक गरेको छ

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

यस्ता छन् सो ईभेन्टमा सार्वजनिक भएका डिभाइसहरु

होमपोड मीनी


एप्पलले पहिलेदेखि मागमा रहेको होमपोड मीनी ल्याएको छ । यो एकदमै सानो ३ इन्चको लम्बाई मात्रै रहेको छ । यसले थुप्रै खालको गीतहरुसँग टयून गर्न सक्छ ।

यसले सिरीलाई पनि सपोर्ट गर्ने गर्दछ । यसको आवाजको गुणस्तरीयता पनि एकदमै राम्रो रहेको एप्पलको भनाई छ । यसको मूल्य ९९ अमेरिकी डलर पर्ने बताइएको छ । यसको प्रीअडर भने नोभेम्बर ६ बाट सुरु हुनेछ ।


नयाँ आइफोन १२

आइफोन १२ को धेरैजस्तो डिजाइन आइफोन एक्सकै जस्तो रहेको छ तर आइफोन एक्समा क्यामेरा भने गोलाकारमा थियो भने यो पाली चाँही क्यामेरा चर्तुभुज आकारमा रहेको छ ।

यसको डिस्प्लेमा भने ओएलईडी सुपर रेटिना एक्सडीआर प्यानेल प्रयोग भएको छ । यसमा सेरामिक सिल्ड ग्लासको प्रयोग गरिएको छ ।

यसले गर्दा यो आइफोन एकदमै टिकाउ हुने दाबी गरिएको छ । यसमा ए १४ बायोनिक प्रोसेसरको प्रयोग भएको छ । ५ न्यानोमिटर प्रक्रियामा बनाइएको यो पहिलो चीप हो ।

यसमा दुई ओटा वाईड र अल्ट्रा वाईड क्यामेरा रहेका छन् । यसमा नाईट मोड पनि रहेको छ । यसले फाइभ जीलाई पनि सपोर्ट गर्दछ ।

आइफोन १२ मिनी

यो आइफोन ६ को डिजाइनमा आधारित रहेको डिजाइन हो र नाम अनुसार यो सानो पनि छ । तर सानो हुनु बाहेक यसको सबै फिचर आइफोन १२ को नै रहेको छ । यसको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।


आइफोन १२ प्रो र प्रो म्याक्स

आइफोन १२ प्रो र प्रो म्याक्समा स्टेनलेस स्टील फ्रेम प्रयोग गरिएको छ । यो फोन ग्रेफाईट, सिल्भर, गोल्ड र प्यासिफिक निलो रङ्गमा आउनेछ ।

आइफोन १२ प्रो डाईगनलमा ५.८ इन्च देखि ६.१ इन्च सम्म जाने गर्दछ र प्रो म्याक्सको भने ६.५ इन्च देखि ६.७ इन्च रहेको छ । यो अक्टोबर १६ देखि प्रीअडरका लागी राखिने जनाइएको छ ।

आइफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर पर्छ भने प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलर पर्ने गर्नेछ । यसमा नयाँ लिडार सेन्सर पनि राखिएको छ जसले फोटोहरुमा अगुमेन्टेड रियालिटी दिने गर्दछ ।

यो फोनले फोरके भिडियो पनि सपोर्ट गर्ने गर्दछ । यसले कम लाईटमा ८७ प्रतिशतले राम्रो काम पनि गर्न सक्छ ।

आईफोन १२ मा छैन् चार्जर र ईयरपोड

एप्पलले अब देखि चार्जर र ईयरपोड दिने छैन् । यस्तो गर्दा २ मिलियन मेट्रिक टन फोहोर कम हुने एप्पलको भनाई रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago