एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ होमपोड मीनी ,आइफोन १२ मिनी, आइफोन १२ प्रो र प्रो म्याक्स सार्वजनिक गरेको छ

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

यस्ता छन् सो ईभेन्टमा सार्वजनिक भएका डिभाइसहरु

होमपोड मीनी


एप्पलले पहिलेदेखि मागमा रहेको होमपोड मीनी ल्याएको छ । यो एकदमै सानो ३ इन्चको लम्बाई मात्रै रहेको छ । यसले थुप्रै खालको गीतहरुसँग टयून गर्न सक्छ ।

यसले सिरीलाई पनि सपोर्ट गर्ने गर्दछ । यसको आवाजको गुणस्तरीयता पनि एकदमै राम्रो रहेको एप्पलको भनाई छ । यसको मूल्य ९९ अमेरिकी डलर पर्ने बताइएको छ । यसको प्रीअडर भने नोभेम्बर ६ बाट सुरु हुनेछ ।


नयाँ आइफोन १२

आइफोन १२ को धेरैजस्तो डिजाइन आइफोन एक्सकै जस्तो रहेको छ तर आइफोन एक्समा क्यामेरा भने गोलाकारमा थियो भने यो पाली चाँही क्यामेरा चर्तुभुज आकारमा रहेको छ ।

यसको डिस्प्लेमा भने ओएलईडी सुपर रेटिना एक्सडीआर प्यानेल प्रयोग भएको छ । यसमा सेरामिक सिल्ड ग्लासको प्रयोग गरिएको छ ।

यसले गर्दा यो आइफोन एकदमै टिकाउ हुने दाबी गरिएको छ । यसमा ए १४ बायोनिक प्रोसेसरको प्रयोग भएको छ । ५ न्यानोमिटर प्रक्रियामा बनाइएको यो पहिलो चीप हो ।

यसमा दुई ओटा वाईड र अल्ट्रा वाईड क्यामेरा रहेका छन् । यसमा नाईट मोड पनि रहेको छ । यसले फाइभ जीलाई पनि सपोर्ट गर्दछ ।

आइफोन १२ मिनी

यो आइफोन ६ को डिजाइनमा आधारित रहेको डिजाइन हो र नाम अनुसार यो सानो पनि छ । तर सानो हुनु बाहेक यसको सबै फिचर आइफोन १२ को नै रहेको छ । यसको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।


आइफोन १२ प्रो र प्रो म्याक्स

आइफोन १२ प्रो र प्रो म्याक्समा स्टेनलेस स्टील फ्रेम प्रयोग गरिएको छ । यो फोन ग्रेफाईट, सिल्भर, गोल्ड र प्यासिफिक निलो रङ्गमा आउनेछ ।

आइफोन १२ प्रो डाईगनलमा ५.८ इन्च देखि ६.१ इन्च सम्म जाने गर्दछ र प्रो म्याक्सको भने ६.५ इन्च देखि ६.७ इन्च रहेको छ । यो अक्टोबर १६ देखि प्रीअडरका लागी राखिने जनाइएको छ ।

आइफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर पर्छ भने प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलर पर्ने गर्नेछ । यसमा नयाँ लिडार सेन्सर पनि राखिएको छ जसले फोटोहरुमा अगुमेन्टेड रियालिटी दिने गर्दछ ।

यो फोनले फोरके भिडियो पनि सपोर्ट गर्ने गर्दछ । यसले कम लाईटमा ८७ प्रतिशतले राम्रो काम पनि गर्न सक्छ ।

आईफोन १२ मा छैन् चार्जर र ईयरपोड

एप्पलले अब देखि चार्जर र ईयरपोड दिने छैन् । यस्तो गर्दा २ मिलियन मेट्रिक टन फोहोर कम हुने एप्पलको भनाई रहेको छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago