भारतका प्रधानसेनापति नरवाणे नेपाल आउने

काठमाडौं, २८ असोज । भारतका प्रधानसेनापति एम. एस. नरवाणे नेपाल आउने भएका छन् । उनी कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ ।
तस्वीर स्रोतः एजेन्सी

राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । यसको मिति भने टुंगो नलागेको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाका प्रवक्ता सहायरथी सन्तोषवल्लभ पौड्यालले भारतका सेनापति नरवाणेको भ्रमण प्रक्रियाको पुनः थालनी भएको बताए । उनले भने, मिति टुंगो लाग्न बाँकी छ ।

२० माघ २०७६ मा मन्त्रिपरिषद्को बैठकले जनरल नरवाणेलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय भएको थियो । नेपाली सेनाले त्यतिबेला प्रक्रिया बढाएकोमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । भ्रमण प्रक्रियालाई सेनाले पुनः थालनी गरेको छ ।नेपाल र भारतबीच सीमा समस्या बल्झिएको अवस्थाबीच नरवाणेको भ्रमण हुन लागेको हो । कालापानीको विषयमा जनरल नरवाणेले दिएको अभिव्यक्ति विवादमा परेको थियो । दुई देशबीच बलियो सैन्य सम्बन्ध छ । एक अर्को देशको सेनापति मानार्थ प्रधानसेनापति रहने प्रचलन रहँदै आएको छ ।तस्वीर स्रोतः एजेन्सी

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago