मेयरलाई कोरोना संक्रमणपछि बर्दघाट नगरपालिकाको सेवा बन्द

परासी, २८ असोज । नगर प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकामा सेवा बन्द गरिएको छ । 

फाइल फोटो

सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो। नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए। ४ नम्बर वडा कार्यालयबाहेक अन्य वडा कार्यालयको कामकाज, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ।
नगरपालिका क्षेत्रमा सञ्चालनमा आएका विद्यालय पनि तत्काल बन्द गर्न निर्देशन दिइएको छ। रासस

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago