सन्ताेष गहतराज,पाल्पा , असोज २८ । पछिल्लो समयमा पाल्पाका सबै स्थानहरूमा काेराेना भाइरस काेबिड १९ तिव्र गतिमा फैलि रहेकाे बेला जिल्लाकाे पुर्वखाेला गाउँपालिकाले नया कदम अगाडि सारेको छ ।
गाउँपालिकाले अब पालिका भित्र प्रवेश गर्ने प्रत्येक नागरिकहरूलाई ७२ घण्टा भित्रकाे पि सि आर रिपोर्ट अनिवार्य रूपमा लिएर नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड अाउनु पर्ने अन्यथा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन अनिवार्य रूपमा १४ दिन सम्म बस्नु पर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरूद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख गरिएको छ । साथै सुचना अवज्ञा गरि ७२ घण्टा भित्रकाे पि सि अारकाे रिपोर्ट नल्याई लुकिछिपि घरमा अाउने,समुदायमा घुलमिल हुने तथा त्यस्ता व्यक्तिहरूलाइ लुकिछिपि भित्राउने र राख्न सहयाेग गरेको पाइएमा संक्रमण एेन २०२० बमोजिम कारबाहीकाे लागि सिफारिस गरिने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…