सन्तोष गहतराज,पाल्पा । चाडपर्व नजिकिदै गर्दा विभिन्न पालिकाहरुले आफ्नो पालिका भित्रका बजारहरूकाे अनुगमन बडाई रहेकाे बेला पाल्पाकाे रिब्दिकाेट गाउँपालिकाले पनि अनुगमन गरेको छ ।
पछिल्लो समयमा बजारमा कालावजारी, महंगी र मूल्यवृद्धि भइरहेको उपभोक्ताहरुको गुनासो आए पछि गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन गरेको हाे ।
गाउँपालिकाका अध्यक्ष नारायण जिसीका अनुसार बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको, केहीमा मूल्यवृद्धि रहेको पाइएको र ती सामाग्री जफत गरि नष्ट गरिएको थियाे । मापदण्ड पूरा नगरेका पसलहरूलाई सचेत गराइएको र पुन मापदण्ड पुरा नगरेमा कानुनी कारवाही गरिने अध्यक्ष जिसीले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे । अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल,प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्याल,अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठको लगाएतका उपस्थिती रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…