काठमाण्डौ । सरकारले विदेशी नागरिकका लागि भिसा खुलाएको छ । कोरोना महामारी र काठमाण्डौ उपत्यकामा भएको निषेधाज्ञाका कारण रोकिएको भिसा सेवा भदौ २८ गतेदेखि पुनः सुरु गरिएको अध्यागमन विभागले जनाएको छ ।
गएको चैतदेखि देशव्यापी रुपमा भएको लकडाउन खुलेपछि गएको असार ११ देखि विभागले भिसा सेवा पनि सुरु गरेको थियो । तर कोरोनाको जोखिम बढेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि फेरि भदौ ४ गतेदेखि स्थगित भएको थियो । तर काठमाण्डौमा निषेधाज्ञा खुकुलो भएसँगै फेरि भिसा सेवा पनि सुरु गरिएको विभागको भनाइ छ ।
पर्यटक, गैरपर्यटकदेखि कामदार भिसा र भिजिट भिसासमेत विभागले जारी गर्न थालेको छ । यस्तै लकडाउनका कारण भिसाको अवधि सकिएर पनि आफ्नो देश फर्कन पाएका विदेशी नागरिकका लागि सरकारले भोलि अर्थात सेप्टेम्बर १५ सम्मको जरिवाना माफ गरिदिएको छ ।
भोलिसम्म आफ्नो देश फर्कने नागरिकले कुनै पनि शुल्क तिर्न पर्दैन । यो अवधिमा पनि फर्कन नसक्नेले ३ डलर शुल्क तिरेर मंसिर मसान्तसम्म भिसाको अवधि बढाउने सक्ने पनि अध्यागमनले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…