अध्यागमन विभागले विदेशी पर्यटकका लागि भिसा सुरु भएको जनाएको छ ।

काठमाण्डौ ।  सरकारले विदेशी नागरिकका लागि भिसा खुलाएको छ । कोरोना महामारी र काठमाण्डौ उपत्यकामा भएको निषेधाज्ञाका कारण रोकिएको भिसा सेवा भदौ २८ गतेदेखि पुनः सुरु गरिएको अध्यागमन विभागले जनाएको छ ।

गएको चैतदेखि देशव्यापी रुपमा भएको लकडाउन खुलेपछि गएको असार ११ देखि विभागले भिसा सेवा पनि सुरु गरेको थियो । तर कोरोनाको जोखिम बढेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि फेरि भदौ ४ गतेदेखि स्थगित भएको थियो । तर काठमाण्डौमा निषेधाज्ञा खुकुलो भएसँगै फेरि भिसा सेवा पनि सुरु गरिएको विभागको भनाइ छ ।

पर्यटक, गैरपर्यटकदेखि कामदार भिसा र भिजिट भिसासमेत विभागले जारी गर्न थालेको छ । यस्तै लकडाउनका कारण भिसाको अवधि सकिएर पनि आफ्नो देश फर्कन पाएका विदेशी नागरिकका लागि सरकारले भोलि अर्थात सेप्टेम्बर १५ सम्मको जरिवाना माफ गरिदिएको छ ।

भोलिसम्म आफ्नो देश फर्कने नागरिकले कुनै पनि शुल्क तिर्न पर्दैन । यो अवधिमा पनि फर्कन नसक्नेले ३ डलर शुल्क तिरेर मंसिर मसान्तसम्म भिसाको अवधि बढाउने सक्ने पनि अध्यागमनले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago