गैंडाको आक्रमणबाट मध्यविन्दु नगरपालिकाका १ पुरुष घाइते भएका छन् ।

नवलपुर ।  गैंडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते भएका हुन् ।

आइतवार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरेको मध्यविन्दु–३ का वडाध्यक्ष अमरबहादुर महतोले जानकारी दिए ।

गैंडाको आक्रमणबाट महतोको बायाँ खुट्टा र दाँहिने हातमा चोट लागेको छ । गैंडाको आक्रमणबाट घाइते  महतोलाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले महतोको चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए । महतोको अवस्था मध्यम खालको रहेको खाँणको भनाइ छ । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago