जिल्ला प्रशासन कार्यालय दाङले रातिको समयमा निषेधाज्ञा जारी गरेको छ।

दाङ– कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ सात बजेदेखि विहान पाँच बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगायतको उपस्थितिमा बसेको बैठकले चाडपर्वको नाममा समाजमा बढिरहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठ मन्दिरमा हुने दैनिक नित्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ।

बैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, माइकिङ लगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थित रुपमा सञ्चालन गराउने निर्णय गरेको छ।

बैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुसहितको जिल्ला अनुगमन समिति गठन गरेको छ।

यस विषयमा प्रमुख जल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको बताए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago