काठमाडौं । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा गएको पहिरो निरिक्षण तथा उद्धार सामाग्री लिएर उडेका छन्।
नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापा सिन्धुपाल्चोक लागेका हुन। गृहमन्त्रीको टोलीमा गृहसचिव, विपद् प्राधिकरणका कार्यकारी प्रमुख रहेका छन्। सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन्।
पहिरोमा पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ। पुरिएका ३८ जनामध्ये हालसम्म ३ जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। उनका अनुसार पहिरोलो ३७ वटा घर पुरेको छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…