तनहुँ भानु नगरपालिकाको समुदायस्तरमा फैलियो कोरोना, एकै वडाका २० संक्रमित ।

तनहुँमा समुदायस्तरमा कोरोना फैलिएको छ। भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब नमूना संकलन गरी पोखरा पठाइएकोमा संक्रमण पुष्टि भएको हो।

भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट १२४ जनाको स्वाब नमूना संकलन गरिएको थियो। कन्ट्याक्ट टे«सिङबाट मोटरसाइकल वर्कसप, मासु तथा अन्य पसलहरुको व्यक्तिहरुको स्वाब नमुना संकलन गरिएको थियो। 

स्वाब संकलन गर्ने क्रममा नै १८ देखि २० जनामा रुघाखोकी तथा ज्वरो आएको थियो। एकै वडाका २० जनामा कोरोना पुष्टि भएपछि भानु नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार एकै वडाका १४ पुरुष र छ महिला रहेका छन् भने एक ५ वर्षीया बालिका रहेकी छन्। 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago