तनहुँमा समुदायस्तरमा कोरोना फैलिएको छ। भानु नगरपालिका–१ भन्सार आसपासका २० जना कोरोना संक्रमित शुक्रबार एकैदिन थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब नमूना संकलन गरी पोखरा पठाइएकोमा संक्रमण पुष्टि भएको हो।
भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा सोमबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट १२४ जनाको स्वाब नमूना संकलन गरिएको थियो। कन्ट्याक्ट टे«सिङबाट मोटरसाइकल वर्कसप, मासु तथा अन्य पसलहरुको व्यक्तिहरुको स्वाब नमुना संकलन गरिएको थियो।
स्वाब संकलन गर्ने क्रममा नै १८ देखि २० जनामा रुघाखोकी तथा ज्वरो आएको थियो। एकै वडाका २० जनामा कोरोना पुष्टि भएपछि भानु नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार एकै वडाका १४ पुरुष र छ महिला रहेका छन् भने एक ५ वर्षीया बालिका रहेकी छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…