पुन्य तिथिमा खिर खादा पाल्पामा २९ जना बिरामी ।

पाल्पा । पाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुन्य तिथिमा आइतबार खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका २९ जना विरामी भएको रामपुर अस्पतालले जनाएको छ ।

आइतबारको भोजमा खिर खाएकाहरुमा सोमबार देखि समस्या देखिएपनि उनीहरु मंगलबार मात्रै अस्पताल आएका हुन् । रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाका अनुसार मंगलबार रामपुर अस्पताल आएका २९ मध्ये १३ जनालाई थप उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको र १६ जनाको रामपुर अस्पतालमै उपचार भैरहेको छ । विरामीमा टाउँको दुख्ने,ज्वोरो आउने,पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ । खिर संगै तरकारी र अचार खाँदा समस्या भएको बिरामीले जनाएका छन् ।

स्थानीय हिरा बिकका अनुसार भोजमा शय बढीको सहभागीता थियो । भात तरकारी र अचार खानेहरुमा समस्या नभएपनि खिर खानेमा समस्या देखिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago