पाल्पा । निरन्तरको बर्षाले पहिरो खस्दा पाल्पाका अधिकांस सडक अबरुद्ध भएका छन । अबरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ । सोमबार दिउँसो देखि पाल्पाको तिनाउँ गाउँपालिका- ०३ दोभान बजार नजिकै पैठेडाडामा पहिरोले सिद्धार्थ राजमार्गको दोभान बुटवल सडक खण्ड अबरुद्ध भएको थियो ।
सडक देखि माथिबाट पहिरो सहित हठुलो ढुङ्गा खसेकाले सड्क पूर्ण रुपमा अवरोध भएकोमा लोडरद्वारा पहिरो हटाउन सम्भव नभएकोले बुटवल ब्रेकर ल्याई ढुङगा फुटाली पहिरो हटाउने कार्य भैरहेको थियो । रातीको समयमा खतरा हुने भएकोले पहिरो हटाउने काम रोकीएको थियो । मंगलबार बिहान देखि पहिरो हटाउने काम भएको भएपनि अहिलेसम्म बाटो खुल्न सकेको छैन ।
पहिरोमा ठुला ठुला ढुङ्गा रहेकाले फुटाल्न समस्या भएको छ बिहान देखिको प्रयास निरन्तर जारी रहेको भन्दै ढुङ्गा फुटाल्न सकेमा साँझसम्म बाटो खुल्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
यस्तै तानसेन न.पा.- ८ डुने पुल नजिकै स्थित सिद्धार्थ राजमार्गमा बाटो माथिबाट पहिरो खस्न जाँदा सड्क पुर्ण रुपमा अवरोध भएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । यस्तै रामपुर नगरपालिका- ४ गिजिनडाडा, जिल्ला पाल्पा निस्दी गा.पा.- ५ बेलडाडा , जिल्ला पाल्पा पुर्बखोला गा.पा.- १ चापगैरा स्थितमा तानसेन – रामपुर पक्कि सडक खण्डमा अबिरल बर्षाको कारणले सड़क माथिबाट पहिरो खस्न जाँदा सड्क पुर्ण रुपमा अवरोध भएको सडक अहिले खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…