आजको मौसम – मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पाल्पा । नेपालमा मनसुनी वायु सक्रिय रहँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँमा अहिले सामान्य वर्षा भैरहेको छ ।


वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको हो । मनसूनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।
आज दिउँसो केही ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ । प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भारी वर्षा हुने भएकाले साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ । आज राति पनि देशभर सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साना खोला खहरेमा आकश्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago