पाल्पामा थप १७ जनामा कोरोना संक्रमण कुल ४० पुग्यो

पाल्पा । आइतबार पाल्पामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ४० पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुष्टि भएकाहरु रम्भा गाउँपालिका १ का १६ र बगनासकाली गाउँपालिका ५ का एक जना रहेका छन ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार १६ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिनेहरु १३ देखि ४८ वर्ष उमेर समुहका रहेका छन । यस अघी २३ जनामा संक्रमण देखिएको थियो । जस मध्ये एक जनाको मृत्यु भएको थियो । यस अगाडी माथागढीका १४, रैनादेवीछहराका २, निस्दीका ३ र पूर्वखोला गाउँपालिका २ जना तथा रामपुर नगरपालिकाका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवस्यक छ । तर लकडाउन खुकुलो भएसंगै बजारमा चहलपहल बढेको छ भने तानसेन लगाएतका ग्रामीण बजार आंशिक रुपमा खुलेका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago