समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य अनुशरणयोग्य – नगर प्रमुख शाही

पाल्पा । गतबर्ष पाल्पाको बासटारीमा आयोजना गरिएको मेलाबाट बचेको रकमले खेलामैदानको स्तरउन्नति गरिएको छ । पाल्पा वंशगोपाल कृषि, पर्यटन एवं सांकृतिक मेलामा बचत भएको ३ लाख रुपैयाँ बाघखोर खेल मैदानको स्तरउन्नतिमा खर्च गरिएको हो ।
तानसेन नगरपालिका ७ स्थित बाघखोर खेलमैदान स्तरउन्नतिको काम उपभोक्ता समिति मार्फत भैरहेको छ । सुर्यकुण्ड निर्माण उपभोक्ता समितिद्धारा उक्त खेल मैदानको काम गरिएको थियो । खेल मैदान निर्माणका क्रममा भएको आम्दानी खर्च एक कार्यक्रम का बिचमा सार्वजानिक गरिएको छ ।


कुल ८ लाखको बजेटबाट खेल मैदानको स्तरउन्नती गरिएको जसमा तानसेन नगरपालिकाको ५ लाख र पाल्पा वंशगोपाल कृषि, पर्यटन एवं सांकृतिक मेलाबाट बचेको ३ लाख रुपैयाँ नगद र उपभोक्ता समिति तथा वंशगोपाल युवा क्लबका सदस्यको जनश्रमदान बाट खेलमैदानको संरक्षण एबम स्तर उन्नति भएको छ क्लब तथा सुर्यकुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप खनालले बताउनुभयो । खनाल भन्नुहुन्छ “मेला आयोजना गर्नुको उद्धेश्य अनुरुप बचत भएको रकम खेलमैदानको संरक्षणमा प्रयोग गरिएको हो परिवर्तनको लागि वंशगोपल युवा क्लबले आर्थिक सँगसँगैं श्रमदान समेत गर्दै यसको विकासमा महत्वपुर्ण भुमिका खेलेको छ ।” सार्बजनिक कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले खर्चको सार्वजनिक गरि सम्पन्न गरिएको उदाहारणीय कार्यले योजनाको पारर्दशीतालाई बुझ्न सहयोग पुग्ने बताउनुभयो । प्रमुख शाहीले समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य आफैंमा अनुसरण योग्य रहेको भन्दै योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।
वडा नम्बर ७ का अध्यक्ष माधव जिसिले युवाहरुको साथ र सहयोगले वडाको विकासमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा युवाहरुको सहकार्यमा वडाको थप विकासमा सहकार्य गरेर जाने बताउनु भयो । कार्यक्रममा तानसेन ५ का वडा अध्यक्ष राम बहादुर रावल, कार्यपालिका सदस्य भिम बहादुर कुमाल, वडा सदस्यहरु सुरेश कोइराला, मिना परियार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सामाजिक दुरी अपनाई उपभोक्ता समितिका सचिव दुर्गा पाण्डेको सञ्चालन र अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पछिल्लो समय सञ्चालित योजनाको खर्च सार्वजनिक नभईरहेको अवस्थामा खेल मैदानको निर्माण गरि खर्च सार्वजनिक गर्नु पारर्दशीताको नमुना प्रस्तुत हो । सबैले यस प्रकारकामको अनुशरण गर्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago