सिमा मिचिएको विरोधमा आन्दोलित राष्ट्रिय जनमोर्चा नेपालका नेता, कार्यकर्ता पक्राउ

पाल्पा । लेपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रमा भारतीय पक्षबाट नेपालको भुमी मिची सडक बनाएको विरोधमा उत्रेका राष्ट्रिय जनमोर्चा नेपालका ८ जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकोले उनीहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय अगाडी निषेधेति क्षेत्रमा आन्दोलन गरेको अभियोगमा पाल्पा प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र जि.सी. ले बतए ।


जिल्ला प्रशासन अगाडी विरोध गर्न नपाईने भन्दै प्रहरी तथा शसस्त्र प्रहरीले रोक्न खोज्दा राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले हामीले गृहमन्त्रालय लाई आफ्नो कुरा भन्न पाउन पर्ने भन्दै भारत विरुद्ध नारावाजी गर्दाे उनीहरुलाई प्रहरील गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य सोम कुमार कार्की, अखिल नेपाल युवक संंघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली, अखिल छैटोका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैटौका जिल्ला सदस्य सुमन पौडेल रहेका छन ।
भारतद्धारा नेपालको सिमा हस्तक्षेप विरुद्ध राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्यकर्ता नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका हुन भने देशैभरीका सर्वसाधारण सिमा रक्षाका निम्ती एकजुट भएका छन् ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago