पाल्पा । लेपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रमा भारतीय पक्षबाट नेपालको भुमी मिची सडक बनाएको विरोधमा उत्रेका राष्ट्रिय जनमोर्चा नेपालका ८ जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकोले उनीहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय अगाडी निषेधेति क्षेत्रमा आन्दोलन गरेको अभियोगमा पाल्पा प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र जि.सी. ले बतए ।
जिल्ला प्रशासन अगाडी विरोध गर्न नपाईने भन्दै प्रहरी तथा शसस्त्र प्रहरीले रोक्न खोज्दा राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले हामीले गृहमन्त्रालय लाई आफ्नो कुरा भन्न पाउन पर्ने भन्दै भारत विरुद्ध नारावाजी गर्दाे उनीहरुलाई प्रहरील गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य सोम कुमार कार्की, अखिल नेपाल युवक संंघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली, अखिल छैटोका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैटौका जिल्ला सदस्य सुमन पौडेल रहेका छन ।
भारतद्धारा नेपालको सिमा हस्तक्षेप विरुद्ध राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्यकर्ता नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका हुन भने देशैभरीका सर्वसाधारण सिमा रक्षाका निम्ती एकजुट भएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…