जिल्ला बन कार्यालय पाल्पा द्वारा जोखिमपूर्ण अवस्थामा चितुवाको उद्धार

पाल्पा । मनब र बन्यजन्तु बिचको द्वन्द्व बढिरहेको बेलामा पाल्पामा भने तारमा अल्झिएको चितुवाको उद्घार गरिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा न. ३ स्थित भुवनपोखरिको छचुवामा भेटिएको बयस्क चितुवाको जिल्ला बन कार्यालय पाल्पाले उद्घार गरेको हो ।
तारमा अल्झिएर बेवारिसे बनेको चितुवालाई ४ घन्टाको निरन्तर प्रयास पछि नियन्त्रणमा लिन सफल भएका जिल्ला बन कार्यालयले जनाएको छ ।

“बयस्क अबस्थाको चितुवा ब्यबस्थापन आफैमा चुनौतीपूर्ण त थियो नै, यद्यपि वन कर्मचारीहरु, जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानिय बासिन्दाहरुको पुर्ण सहयोगको कारण मात्र चितुवाको उद्धार सम्भव भयो” बन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । वन्यजन्तु उद्धार कार्यमा पहिलोपटक जे सि बि को समेत प्रयोग गरिएको छ । रैनादेवी छहरा वडा नम्बर ३ का अध्यक्ष लगायत जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय, मुझुङ्ग ईलाका प्रहरी कार्यालयका, रिब्दिकोट सब डिभिजन वन कार्यालय, स्थानिय बासिन्दाहरुको सहयोगमा उद्धार कार्य सफल भएको पोखरेलले जानकारी दिनुभयो ।

उद्धार गरिएको चितुवाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । चितुवा लाई डिभिजन वन कार्यालय पाल्पामा राखिएको छ । पाल्पा जिल्लामा वन्यजन्तु विशेषज्ञ डाक्टर सहितको डार्टिङ्ग टिम नहुदा उद्घार कार्य जटिल बनेको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago