नेपाल पत्रकार महासंघ जापान शाखाले स्थापना दिबस मनायो ।

जापान, विस्वास आचर्य । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १० औ स्थापना दिवश जापानको टोकियोमा शुभकामना आदानप्रदान गर्दै मनाएको छ ।

शाखाले, शुक्रवार जापानको टोकियोमा संचारकर्मीहरुबीच शुभकामना आदानप्रदान गर्दै, स्थापना दिवस मनाईएको  हो । कार्यक्रममा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको सभापतित्व तथा सल्लाहकार भूषण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने,अन्य सल्लाहकारहरुसंगै, कार्यसमिति सदस्य एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा शुभकामना मतव्य राख्दै  प्रमुख अतिथि घिमिरेले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएको भन्नुहुँदै, सबै पुस्ताले यसको बिकास र बिस्तारको लागि टेवा दिएको बताउनु भयो । साथै वहाँले संस्थाको निरन्तरताका लागि युवा पुस्ताले पनि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । स्थापनाकालदेखि हालसम्म महासंघको विभिन्न पदमा रहेर तथा नरहेर पनि महासंघको निरन्तरताका लागि उल्लेखनीय टेवा पुर्याउँदै आउनुभएका घिमिरेले  सम्पूर्ण अग्रज तथा संस्थापकहरुको स्मरण गर्दै सबै संचारकर्मी तथा शुभचिन्तकहरुमा शुभकामना ब्यक्त गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा अग्रज पत्रकार दिनेश थपलियाले  प्रवाशमा पनि महासंघले सबै पत्रकारहरुलाई भेटघाट, वैचारिक छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको बताउनुहुँदै , पहिलो पुस्ताको योगदानलाई मनन् गर्दै, अब आउने नयाँ पुस्ताले महासंघलाई थप उचाईमा लैजानु पर्ने बताउनु भयो ।

विश्वमा महामारी फैलाईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै, केहि सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र मनाईएको औपचारिक कार्यक्रममा, सभापती, महासंघ जापानका अध्यक्ष मोहन घलेले संस्थापकहरु प्रती आभार ब्यक्त गर्दै आगामी दिनहरुमा महासंघले जापानबासी नेपालीहरूलाई सहि सुचना प्रदान गर्दै जापानमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास एवं पेशागत सुरक्षा तथा आर्थिक विकासमा टेवा पुग्ने योजनाहरु सहित  अगाडी बढ्ने बताउनुभयो । वहाँले जापानको व्यस्थतामा पनि संचारकर्मबाट नेपाली समुदायलाई सुसुचित गराउने कर्ममा निरन्तर खट्टिईरहने सम्पूर्ण क्रियाशिल संचारकर्मीहरु,महासंघका स्थापानाकालदेखिका अग्रजहरु संचारकर्मीहरु तथा नेपाल पत्रकार महासंघका सम्पूर्ण शुभचिन्तकहरुप्रति स्थापना दिवसको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गर्नुभयो । 

स्थापना दिवशको कार्यक्रममा कोषध्यक्ष आनन्द कोईरालले संचालन गर्नु भएको थियोभने उपध्यक्ष पूर्ण चलाउनेले स्वागत मतब्य राख्नु भएको थियो । स्थापना दिवशको अवशरमा प्रमुख अथिति घिमिरेले केक काटेर उदधाटन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ जापान सन २०११ मार्च महिनाको १३ तारिखमा स्थापान भएको हो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago