नेपाल पत्रकार महासंघ जापान शाखाले स्थापना दिबस मनायो ।

जापान, विस्वास आचर्य । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १० औ स्थापना दिवश जापानको टोकियोमा शुभकामना आदानप्रदान गर्दै मनाएको छ ।

शाखाले, शुक्रवार जापानको टोकियोमा संचारकर्मीहरुबीच शुभकामना आदानप्रदान गर्दै, स्थापना दिवस मनाईएको  हो । कार्यक्रममा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको सभापतित्व तथा सल्लाहकार भूषण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने,अन्य सल्लाहकारहरुसंगै, कार्यसमिति सदस्य एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा शुभकामना मतव्य राख्दै  प्रमुख अतिथि घिमिरेले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएको भन्नुहुँदै, सबै पुस्ताले यसको बिकास र बिस्तारको लागि टेवा दिएको बताउनु भयो । साथै वहाँले संस्थाको निरन्तरताका लागि युवा पुस्ताले पनि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । स्थापनाकालदेखि हालसम्म महासंघको विभिन्न पदमा रहेर तथा नरहेर पनि महासंघको निरन्तरताका लागि उल्लेखनीय टेवा पुर्याउँदै आउनुभएका घिमिरेले  सम्पूर्ण अग्रज तथा संस्थापकहरुको स्मरण गर्दै सबै संचारकर्मी तथा शुभचिन्तकहरुमा शुभकामना ब्यक्त गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा अग्रज पत्रकार दिनेश थपलियाले  प्रवाशमा पनि महासंघले सबै पत्रकारहरुलाई भेटघाट, वैचारिक छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको बताउनुहुँदै , पहिलो पुस्ताको योगदानलाई मनन् गर्दै, अब आउने नयाँ पुस्ताले महासंघलाई थप उचाईमा लैजानु पर्ने बताउनु भयो ।

विश्वमा महामारी फैलाईरहेको कोरोना भाईरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै, केहि सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र मनाईएको औपचारिक कार्यक्रममा, सभापती, महासंघ जापानका अध्यक्ष मोहन घलेले संस्थापकहरु प्रती आभार ब्यक्त गर्दै आगामी दिनहरुमा महासंघले जापानबासी नेपालीहरूलाई सहि सुचना प्रदान गर्दै जापानमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास एवं पेशागत सुरक्षा तथा आर्थिक विकासमा टेवा पुग्ने योजनाहरु सहित  अगाडी बढ्ने बताउनुभयो । वहाँले जापानको व्यस्थतामा पनि संचारकर्मबाट नेपाली समुदायलाई सुसुचित गराउने कर्ममा निरन्तर खट्टिईरहने सम्पूर्ण क्रियाशिल संचारकर्मीहरु,महासंघका स्थापानाकालदेखिका अग्रजहरु संचारकर्मीहरु तथा नेपाल पत्रकार महासंघका सम्पूर्ण शुभचिन्तकहरुप्रति स्थापना दिवसको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गर्नुभयो । 

स्थापना दिवशको कार्यक्रममा कोषध्यक्ष आनन्द कोईरालले संचालन गर्नु भएको थियोभने उपध्यक्ष पूर्ण चलाउनेले स्वागत मतब्य राख्नु भएको थियो । स्थापना दिवशको अवशरमा प्रमुख अथिति घिमिरेले केक काटेर उदधाटन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ जापान सन २०११ मार्च महिनाको १३ तारिखमा स्थापान भएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago