चितवन समाज जापान द्वारा चेपाङ परिवारलाई कपडा वितरण

जापान चितवनको माडी नगरपालिका वडा नं देबेन्द्रपुरको परुई नदी किनारमा बसोवास गरेका  ५६ सुकुम्बासी परिवारलाईआइतबार जाडोका कपडाहरू वितरण गरिएको जाडोको समयमा सुकुम्वासीको परिवारको पिडा देख्न नसकिएकोले सामुहिकप्रयासबाट आर्थिक संकलन गरि पठाईएको चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनु भयो।

चिसो बढेसँगै परुई किनारका सुकुम्बासी चेपाङ परिवारलाई प्रति परिवार एक एक थान ब्लाङ्केट, तकिया म्याट वितरण गरिएको हो ब्लाङ्केट, तकिया म्याट  वितरण गर्दै माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी चेपाङ समुदायकासुकुम्बासीहरुलाई सहयोग गर्ने चितवन समाज जापानलगायत सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो

उहाँले सुकुम्बासीहरुलाई पुर्जासहितको जग्गा उपलब्ध गराउने नमूना बस्ती निर्माणको कार्य माडी नगरपालिका योजनाबद्ध तरिकालेअगाडि बढिरहेकोले धैर्य गर्न आग्रहसमेत गर्नुभयो

कार्यक्रममा चितवन समाज जापानका महासचिव हरि पौडे‌लले जापानमा रहेका नेपालीहरुले नेपालमा विभिन्न सहयोग गरिरहेकोजानकारी गराउँदै  आवश्यक परे सुकुम्बासी बस्तीमा थप सहयोग गर्न तयार रहेको बताउनुभयो उहाँले आत्मनिर्भर भएर आय आर्जनकोबाटोमा लाग्न आग्रहसमेत गर्नुभयो

कार्यक्रममा सुकुम्बासी बस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङले  विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई सहयोगगर्ने चितवन समाज जापानलगायत सम्पूर्ण सहयोगीहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तरप्रगतिको कामना गर्नुभयो

चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  चितवन समाजजापानका पुर्व उपाध्यक्ष दिपक गौतम, चितवन सेवा

 

समाजका उपाध्यक्ष टङ्क गैरे, महासचिव इन्द्रप्रसाद न्यौपाने, कार्यसमिति सदस्यरविन्द्र शाक्य, समाजसेवी हरिकुमार श्रेष्ठ,सुनिल पौडेललगायतको उपस्थिति रहेको थियो भने राहत सामग्री वितरणको समन्वय सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago