चितवन समाज जापान द्वारा चेपाङ परिवारलाई कपडा वितरण

जापान चितवनको माडी नगरपालिका वडा नं देबेन्द्रपुरको परुई नदी किनारमा बसोवास गरेका  ५६ सुकुम्बासी परिवारलाईआइतबार जाडोका कपडाहरू वितरण गरिएको जाडोको समयमा सुकुम्वासीको परिवारको पिडा देख्न नसकिएकोले सामुहिकप्रयासबाट आर्थिक संकलन गरि पठाईएको चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनु भयो।

चिसो बढेसँगै परुई किनारका सुकुम्बासी चेपाङ परिवारलाई प्रति परिवार एक एक थान ब्लाङ्केट, तकिया म्याट वितरण गरिएको हो ब्लाङ्केट, तकिया म्याट  वितरण गर्दै माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी चेपाङ समुदायकासुकुम्बासीहरुलाई सहयोग गर्ने चितवन समाज जापानलगायत सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो

उहाँले सुकुम्बासीहरुलाई पुर्जासहितको जग्गा उपलब्ध गराउने नमूना बस्ती निर्माणको कार्य माडी नगरपालिका योजनाबद्ध तरिकालेअगाडि बढिरहेकोले धैर्य गर्न आग्रहसमेत गर्नुभयो

कार्यक्रममा चितवन समाज जापानका महासचिव हरि पौडे‌लले जापानमा रहेका नेपालीहरुले नेपालमा विभिन्न सहयोग गरिरहेकोजानकारी गराउँदै  आवश्यक परे सुकुम्बासी बस्तीमा थप सहयोग गर्न तयार रहेको बताउनुभयो उहाँले आत्मनिर्भर भएर आय आर्जनकोबाटोमा लाग्न आग्रहसमेत गर्नुभयो

कार्यक्रममा सुकुम्बासी बस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङले  विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई सहयोगगर्ने चितवन समाज जापानलगायत सम्पूर्ण सहयोगीहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तरप्रगतिको कामना गर्नुभयो

चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  चितवन समाजजापानका पुर्व उपाध्यक्ष दिपक गौतम, चितवन सेवा

 

समाजका उपाध्यक्ष टङ्क गैरे, महासचिव इन्द्रप्रसाद न्यौपाने, कार्यसमिति सदस्यरविन्द्र शाक्य, समाजसेवी हरिकुमार श्रेष्ठ,सुनिल पौडेललगायतको उपस्थिति रहेको थियो भने राहत सामग्री वितरणको समन्वय सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago