काठमाडौ। ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्व अख्तियार प्रमुख दीपकुमारबस्न्यातलाई विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ ।
बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित बनाएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतलेथुनामा राख्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासलेबस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
उनलाई धरौटी नमागी पुर्पक्षको लागि डिल्लीबजार कारागार पठाएको पाण्डेयले बताए ।
बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अख्तियारले अभियुक्त बनाएको थियो। बस्न्यातविरुद्धअख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिकजग्गा हिनामिना प्रकरणमा १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर गर्यो।
केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशी अदालतमा हाजिर भएका थिए। उनलाई भने अदालतले साधारणतारेखमा छोडेको थियो।
मुद्दा चलाइएका पूर्व विशिष्ट व्यक्तिहरुमध्ये अहिलेसम्म तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार मात्रै अदालतमाउपस्थित भएका छैनन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…