माथागढी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पताल बाट सेवा सुरु ।

सन्तोष गहतराज , पाल्पा । क्षेत्रफलको हिसाबमा पाल्पा जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका माथागढी गाउँपालिकाले पालिकाका स्थानीय नागरिकहरूको सुविधालाई मध्ये नजर गरि कोरोना( कोभिड-१९) अस्थायी अस्पताल संचालनमा आएको छ।

विश्वभरीमा महामारी रूपमा फैलि रहेको कोराना भाइरस संक्रमणको कारण अहिले समुदाय स्तरमा समेत व्यापक रूपमा फैलिरहेको समयमा जिल्लाको माथागढी गाउँपालिका भौगोलिक हिसाबले धेरै जसो स्थान ग्रामीण इलाकामा परेकोले अस्पतालसम्म पुग्ने समय अधिक लाग्ने र अस्पतालमा पनि अधिकांश वेड प्रयोगमा रहेकोले गाउँपालिकाले गाउँपालिकामा नै अस्थायी कोभिड-१९ अस्पताल संचालन गरेको जानकारी माथागढी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले मानवको सबै भन्दा ठुलो सम्पति भनेको मानव स्वास्थ्य भएकोले पहिलो प्राथमिकता विकास निर्माणका कार्य भन्दा कोरोनाको जोखिम न्यूनीकरण गरि मानव स्वास्थ्यको जीवनस्तरमा सुधार ल्याउनु रहेकोले आफूहरूको मुख्य ध्यान कोरोनाले मानव स्वास्थ्यमा पार्ने असरलाई न्यूनीकरण गर्नमा निरन्तर रहने र गाउँपालिकाका जनताहरुलाई आफ्नै गाउँपालिका भित्र कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधा र उपचार गर्ने रहेको अध्यक्ष सन्तोष थापाले बताउन भयो । उहाले गोर्खाली भ्वाइसको कुराकानी माथागढि गाउँपालिका जिल्ला कै सबैभन्दा ठुलो गाउँपालिका रहेको र भौगोलीक हिसाब धेरै जसो मानिसहरू ग्रामीण भेगमा बसोबास गर्ने भएकोले उनिहरूको सुविधालाई मध्ये नजर गरि अस्थायी अस्पताल सञ्चालन गरिएको बताउनु भयो ।

थापा भन्नुहुन्छ- अस्पताल संचालनमा आइसकेको छ, बाँकी व्यवस्थापन कार्यहरू पनि स्वास्थ्यकर्मीहरुसँगको आवश्यक अन्तरक्रियासँगै पूर्ती गर्दै लैजा।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago