ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको

कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुभएको थिएन

त्यसपछि सोमबार पहिलो पटक उहाँ फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको

कार्यक्रममा उहाँ मास्क विना सहभागी हुनुभएको थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेकाथिएनन्

उहाँले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेकोदावी गर्नुभएको थियो

उहाँले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोपलगाउनुभएको थियो

उहाँले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो गत आइतबार मात्रै उहाँ सङ्क्रमणमुक्त भइसक्नुभएको उहाँकानिजी चिकित्सकहरुले बताएका थिए

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago