ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माणशुरु भएको छैन

परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजनाकार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवाबिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो

सम्झौतालगत्तै पुल बनाउन उपकरण सामान लिएर गए पनि डिपिआर पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएकोनिर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्तागर्नुप¥यो”, उहाँले भन्नुभयो, “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं पुल निर्माणकालागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएकोथियो सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले नौ महिनासम्म पनि पुल निर्माण शुरु हुन नसकेको शिखका कार्यवाहकवडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुनेगरेको

घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो”, वडाध्यक्ष तिलिजाले भन्नुभयो, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता पुनः डिपिआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुनेस्थानीयवासीको चिन्ता भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगरचित्रे सडक घारखोला मोटरेबल पुल योजनाछनोट गरेको थियो बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछिपुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताउनुभयो

डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन स्वीकृति पाएका छौँ”, उहाँले भन्नुभयो, “ठेकेदारलाई काम शुरु गर्न निर्देशन दिएका छौँपरामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य नौ महिनापछि धकेलिएको हो दशैँलगत्तै काम शुरु गर्ने निर्माण व्यवसायी आचार्यले बताउनुभयो

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago