पाल्पा । पाल्पा जिल्लाकाे बगनासकाली गाउँपालिका–६, टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् ।
नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, बगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताए ।
कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेको रानाले बताए ।
वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत समेत सहयोग पु¥याउँदै आएको बताए । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०/ २० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…