उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं , असोज २७ ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

फाईल फोटो

अस्पतालहरुलाई आकस्मिकबाहेक अन्य शल्यक्रिया अहिलेको लागि नगर्नसमे सरकारले निर्देशन दिएको छ। पछिल्लो समय उपत्यकामा हरेक दिन लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

कोरोना संक्रमित गम्भीर बिरामीले आइसियु र भेन्टिलेटर नपाउने अवस्था आएपछि सरकारले आकस्मिकबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। यसले केही हदसम्म भए पनि बिरामीले सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाउने अपेक्षा मन्त्रालयको छ।

त्यस्तै आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो।

डा.गौतमले विषयगत अस्पतालले बाहेक सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामी परीक्षण र भर्ना गर्ने निर्णय भएको जानकारी दिए। काठमाडौं उपत्यकाभित्र शहीद गंगालाल हृदय रोग, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूती गृह र कान्ति बाल अस्पताल विषयगत् अस्पतालहरु हुन।

यी अस्पतालमा निदान हुने रोगका कोरोना सङ्क्रमित सोही अस्पतालमा गएर उपचार गराउनेछन् । त्यस अतिरिक्तका सबै सरकारी अस्पतालहरुमा कोरोना सङ्क्रमितको उपचार हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरकारी अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा विभागबाट आपूर्ति गरिने जनाएको छ। त्यसैगरी सरकारी वा नीजि अस्पतालले शय्या अभावमा कोभिड-१९ को बिरामीलाई उपचारका लागि होटेलहरुसँग सम्झौता गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

काठमाडौं उपत्यकामा हाल १६ हजार सक्रिय सङ्क्रमित छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago