उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं , असोज २७ ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

फाईल फोटो

अस्पतालहरुलाई आकस्मिकबाहेक अन्य शल्यक्रिया अहिलेको लागि नगर्नसमे सरकारले निर्देशन दिएको छ। पछिल्लो समय उपत्यकामा हरेक दिन लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

कोरोना संक्रमित गम्भीर बिरामीले आइसियु र भेन्टिलेटर नपाउने अवस्था आएपछि सरकारले आकस्मिकबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। यसले केही हदसम्म भए पनि बिरामीले सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाउने अपेक्षा मन्त्रालयको छ।

त्यस्तै आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो।

डा.गौतमले विषयगत अस्पतालले बाहेक सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामी परीक्षण र भर्ना गर्ने निर्णय भएको जानकारी दिए। काठमाडौं उपत्यकाभित्र शहीद गंगालाल हृदय रोग, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूती गृह र कान्ति बाल अस्पताल विषयगत् अस्पतालहरु हुन।

यी अस्पतालमा निदान हुने रोगका कोरोना सङ्क्रमित सोही अस्पतालमा गएर उपचार गराउनेछन् । त्यस अतिरिक्तका सबै सरकारी अस्पतालहरुमा कोरोना सङ्क्रमितको उपचार हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरकारी अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा विभागबाट आपूर्ति गरिने जनाएको छ। त्यसैगरी सरकारी वा नीजि अस्पतालले शय्या अभावमा कोभिड-१९ को बिरामीलाई उपचारका लागि होटेलहरुसँग सम्झौता गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

काठमाडौं उपत्यकामा हाल १६ हजार सक्रिय सङ्क्रमित छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago