पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको बिदाइ गरिएको छ । पाल्पाली समाज पोखराले समाजका सदस्यसमेत रहेका मुख्य न्यायाधीश बस्याललाई शनिबार शुभकामनासहित बिदाइ गरेको हो । २०३९ सालदेखि नेपालको न्यायीक क्षेत्रमा निरन्तर आवद्ध बस्याल पोखरामा मुख्य न्यायाधीशबाट निवृत्त हुन लागेका हुन् । उच्च अदालतमा १३ महिना बिताएका उनको कार्यकाल ६३ वर्ष उमेर हदका कारण आइतबार सकिँदैछ ।
बिदाइ समारोहमा मुख्य न्यायाधीश बस्यालले जागिरबाट अवकाश भएपनि सामाजिक जीवनमा मानिस अवकाश नहुने भन्दै पाल्पाली समाजको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अख्तियारको मुद्दा हेर्ने हो भने पनि कुनै पनि पाल्पाली भ्रष्टाचार मुद्दामा नलागी इज्जत र सम्मानपूर्वक जीवन बाँचेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘पोखरा बसाइँक्रममा कुनै पनि पाल्पाली सदस्यहरु यस्तोखालको मुद्दा पर्यो भनी आएनन् ।’
मानिसको जीवनमा जग, जीवन र जागिर आफ्नो काबुमा नरहने उनको भनाइ छ । देशको परिस्थितिले न्याय परिषद्को बैठक नबस्दा आफू सर्वोच्चमा न्यायाधीशको निम्ति दोस्रो बरियतामा रहे पनि हुन नसकेको गुनासो गरे । सर्वोच्चमा न्यायाधीशको २ वटा रिक्त दरबन्दी छ । यद्यपि अहिलेसम्मको जागिरेजीवनमा निष्कलंक भएर निवृत्त हुन पाएकोमा आफू खुसी नै रहेको बताए । पाल्पा बराङ्दीका बस्यालले न्याय सेवा सुरु गर्नुअघि ४ वर्ष खाद्य संस्थानमा कार्यरत रहेको सुनाए । उनी २०४० सालमा लमजुङमै पहिलो सरकारी वकिल हुन् ।
कार्यक्रममा मुख्य न्यायाधीश बस्याललाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार जनपुकार मुनकर्मी, डा.हुमप्रसाद न्यौपाने लगायतले संयुक्तरुपमा टीका लगाउँदै पाल्पाली ढाकाटोपी, मायाको चिनो प्रदान गरेका थिए । समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष रेशम रचकले गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…