नयाँ नक्साको स्वागतमा दिप प्रज्वलन

नारायण प्रसाद कोइराला, भैरहवा । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि रुपन्देहीको भैरहवामा खुशीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएको खुशीयालीमा भैरहवामा मैनबत्ती प्रज्जवलन गरेर स्वागत गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर नगर कमिटीको आयोजनामा भैरहवास्थित बुद्धचोकमा मैनबत्ती प्रज्जवलन गरी खुशीयाली मनाइएको हो । बुद्धचोकमा भेला भएका नेकपाका नेता कार्यकर्ताले मैनबत्ती प्रज्जवलन गरी सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको खुशीयालीमा दीपावली गरिएको नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचार्यले बताए ।

सो अवसरमा बोल्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका नेकपा केन्द्रीय कमिटी सदस्य लिला गिरीलेसुगौली सन्धिबाट निर्धारण गरिएको नेपालको भुभाग नक्सामा समेटेर ऐतिहासिक काम भएको बताए । उनले नक्सा र सीमाको विषय केवल संसदको मात्र नभइ जनताको र सिंगो मुलुकको चासोको विषय भएको बताए ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago