नारायण प्रसाद कोइराला, भैरहवा । प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि रुपन्देहीको भैरहवामा खुशीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएको खुशीयालीमा भैरहवामा मैनबत्ती प्रज्जवलन गरेर स्वागत गरे ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको खुशीयालीमा दीपावली गरिएको नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचार्यले बताए ।
सो अवसरमा बोल्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका नेकपा केन्द्रीय कमिटी सदस्य लिला गिरीलेसुगौली सन्धिबाट निर्धारण गरिएको नेपालको भुभाग नक्सामा समेटेर ऐतिहासिक काम भएको बताए । उनले नक्सा र सीमाको विषय केवल संसदको मात्र नभइ जनताको र सिंगो मुलुकको चासोको विषय भएको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…