पछिल्लो २४ घण्टामा २७३ जना कोरोना संक्रमीत थपिए

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा २७३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रीफिङ्गका क्रममा विभिन्न जिल्लामा गरी पछिल्लो २७३ जना नयाँ संक्रमित थपिएको जानकारी दिईएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार तिनसय ३५ पुगेको छ । जसमध्ये ९ सय १३ जना उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ । यो संगै कुल १८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार  ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago