पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रीफिङ्गका क्रममा विभिन्न जिल्लामा गरी पछिल्लो २७३ जना नयाँ संक्रमित थपिएको जानकारी दिईएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार तिनसय ३५ पुगेको छ । जसमध्ये ९ सय १३ जना उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ । यो संगै कुल १८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…