काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसम्मतीले पारित भएको छ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न शनिबार बसेको प्रतिनिधिसभा बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो ।
दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक ल्याइएको हो ।
सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको छ । जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
आज शनिबार दिउँसो बसेको प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गरेका थिए । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत भएको थियो । निर्णयार्थ प्रस्तुत विधेयकमा सांसदहरूले संशोधनको पक्षमा २५८ जनाले दस्तखत गरेका थिए । विपक्षमा कसैको पनि मत (दस्तखत) भएन । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा सर्वसम्मतिले मतदान गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
पारित भएको संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरि लागू भएको घोषणा गरेपछि नेपालको निशान छाप परिवर्तन हुनेछ । इतिहासमा आजको दिनलाई स्वर्णिम दिनको रुपमा हेरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…