५८ वर्षअघि लिम्पियाधुरा नेपालकै नक्सामा थियाे नक्सा कसरी गायब भयाे ? – राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ५८ वर्षअघि लिम्पियाधुरा नेपालकै थियाे, नक्सामै थियाे नक्सा कसरी गायब भयाे ? २५ वर्षअघि महाकाली सन्धि गर्दा सीमा किन निश्चित नगरेकाे ? भन्दै प्रश्न गरे । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले यस्तो प्रश्न गरेका हुन ।
उनले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे । अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे । मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे । उनको थप प्रश्न थियो महाकाली सन्धि कसले गर्याे ? महाकाली कसले बेच्याे ? पार्टी फुटाएर यही संसदबाट सन्धि पारित भएकाे थियाे, त्याे कसले गरेकाे ? २५ वर्षअघि महाकाली सन्धि गर्दा सीमा किन निश्चित नगरेकाे? अनि मधेशीथारूलाई राष्ट्रियताका अग्निपरिक्षा कति पटक लिनुहुन्छ, सभामुख महाेदय ? जवाफ चाहियाे । संसदमा राजेन्द्र महतोको अर्को प्रहार नेपाल-भारत सबन्ध मोदी र ओलीले बनाई दिएको होईन, हजारौं वर्षदेखीको हो, अब कुशल वार्तामार्फत हाम्रो भूमी फिर्ता ल्याउनुहोस ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago