युवाको आन्दोलन देशब्यापी बन्दै, प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन l


३१ जेष्ठ, काठमाडौं ।
 कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत विभिन्न ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् ।

त्यसैगरी उपत्यका बाहिर बुटवल,पोखरा ,जनकपुर ,बिराटनगर बिर्तामोड, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका शहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । केही दिनयता युवा तथा अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन् ।

हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू लाम सडक पेटीमा दायाँ बायाँ शान्तिपूर्ण ढंगले सामाजिक दुरी कायम गर्दै उभिएका थिए । युवाहरुले प्ले कार्डमा कोरोना कोषको १० अर्व खोई ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्ने, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर लगायत लेखेका थिए ।

प्रदर्शनकारिका ५ मुख्य मागहरु निम्न बमोजिम छन्:

१) १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने ।
२) क्वारेन्टाईन मृत्युशैया बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने ।
३) मेडिकल क्षमता विस्तार गर्नकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिक‍ो स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने ।
४) कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सुप्ष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने ।
५) असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर ! जवाफदेहिता कायम गर !

कडा प्रदर्शन हुने देखेर व्यापक प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएको देखिएको छ ।

यसअघिका प्रर्दशनमा पानीका फोहरा र अश्रुलग्यासको सामना गरेका प्रर्दशनकारी शुक्रबार भने मौन देखिएपछि प्रहरीपनि संमयम बनेको थियो । विगत तीन दिन यति युवाहरुले देशका विभिन्न शहरमा प्रदृशन गर्दे आएका छन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago