काठमाडौं । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज शनिबार पारित हुने भएको छ ।
यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।
सङ्घीय संसदबट लिम्पियाधुरा सहितको नयाँ निशानछाप बनाउन गरिएको संविधान संसोधन प्रस्ताव आज पारित हुने संसद सचिवालयले जनाएको छ ।
संविधान संसोधन प्रस्ताव दाफावार छलफलपछि पारित हुने धेरै सम्भावना रहेको सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले बताउनुभयो । संसोधनको प्रस्ताव गरेपछि यो प्रस्ताव परिपक्व हुनका लागि आवश्यक पर्ने ७२ घण्टाको समयावधि हिजो पूरा भएपछि आज छलफल गरी पारित गर्ने तयारी भएको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा संविधान संसोधन विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गरिनेछ ।
समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय हिजो गरेको छ । पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरको नेता असोक राइले जानकारी दिनुभयो ।
नयाँ नक्साअनुसारको निशान छापसम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलले समर्थन जनाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…