यसरी पारित हुँदैछ संविधान संशोधन

काठमाडौं । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज शनिबार पारित हुने भएको छ ।

यो ऐतिहासिक निर्णयसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

सङ्घीय संसदबट लिम्पियाधुरा सहितको नयाँ निशानछाप बनाउन गरिएको संविधान संसोधन प्रस्ताव आज पारित हुने संसद सचिवालयले जनाएको छ ।

संविधान संसोधन प्रस्ताव दाफावार छलफलपछि पारित हुने धेरै सम्भावना रहेको सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले बताउनुभयो । संसोधनको प्रस्ताव गरेपछि यो प्रस्ताव परिपक्व हुनका लागि आवश्यक पर्ने ७२ घण्टाको समयावधि हिजो पूरा भएपछि आज छलफल गरी पारित गर्ने तयारी भएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा संविधान संसोधन विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गरिनेछ ।

समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय हिजो गरेको छ । पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरको नेता असोक राइले जानकारी दिनुभयो ।

नयाँ नक्साअनुसारको निशान छापसम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलले समर्थन जनाएका छन् ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago