फाईल तस्बिर
पाल्पा । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्दैछ । संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको छ ।
सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । गत जेठ ७ गते नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । संविधान संशोधन का लागी प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन् । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।
जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए । त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिएको थियो । सम्बिधानको संशोधनका बिषयमा सबै दलको एकता देखिएको छ । संशोधनको समयमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छन ।
नेपाली भुमी समेटिएको पुर्ण नक्सा जारी गर्ने दिन आज नै युवाहरुले स्वस्फूर्त रुपमा भन्दै आन्दोलन गर्दै छन । आन्दोलनको बिषय कोरोना सम्बन्धि भएपनी को बाट परिचालन भएको छ भन्ने निर्क्योल गर्न सकिएको छैन । एकातिर राष्ट्रियताको बिषयमा ऐतिहासिक निर्णय हुँदैछ भने अर्को तिर भैरहेको आन्दोलनको स्वरुप कस्तो हुने हो अनुमान गर्न सकिएको छैन । तर सम्पुर्ण नेपाली नागरिक, सांसद र सरकार एक ठाउमा भई सम्बिधान सम्सोधन र राष्ट्रियताको पक्षमा एकता प्रदर्शन गर्न आवस्यक छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…