फाईल तस्बिर
पाल्पा । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्दैछ । संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको छ ।
सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । गत जेठ ७ गते नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । संविधान संशोधन का लागी प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन् । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।
जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए । त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिएको थियो । सम्बिधानको संशोधनका बिषयमा सबै दलको एकता देखिएको छ । संशोधनको समयमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छन ।
नेपाली भुमी समेटिएको पुर्ण नक्सा जारी गर्ने दिन आज नै युवाहरुले स्वस्फूर्त रुपमा भन्दै आन्दोलन गर्दै छन । आन्दोलनको बिषय कोरोना सम्बन्धि भएपनी को बाट परिचालन भएको छ भन्ने निर्क्योल गर्न सकिएको छैन । एकातिर राष्ट्रियताको बिषयमा ऐतिहासिक निर्णय हुँदैछ भने अर्को तिर भैरहेको आन्दोलनको स्वरुप कस्तो हुने हो अनुमान गर्न सकिएको छैन । तर सम्पुर्ण नेपाली नागरिक, सांसद र सरकार एक ठाउमा भई सम्बिधान सम्सोधन र राष्ट्रियताको पक्षमा एकता प्रदर्शन गर्न आवस्यक छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…