नेपालको राष्ट्रिय स्वाधिनता एवम् सार्वभौमसत्तालाई ठूलो ठेस पुग्यो – मौलिक जरोकिलो पार्टी

बुटवल । सुगौली सन्धिमा लिम्पियाधुराबाट निस्किएको काली नदीलाई नेपालको पश्चिमी सिमाना भनेर स्पष्ट उल्लेख गरिए पनि पश्चिमी सिमाना भारतबाट मिचिएको भन्दै मौलिक जरोकिलो पार्टी ५ नम्बर प्रदेशले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । “नेपाल, चीन, र भारतको त्रिदेशिय विन्दु लिम्पियाधुरा रहेको जनाउदै भारत पक्षद्वारा नेपालको भुभागमा सडक निर्माण कार्य पूरा गरी सञ्चालनको लागि इण्डियन रक्षामन्त्री राजनाथ सिहबाट उद्घाटन समेत भएको घटनाले नेपालको राष्ट्रिय स्वाधिनता एवम् सार्वभौमसत्तालाई ठाडो चुनौती दिदै ठूलो ठेस पुयाएको छ” बिज्ञप्तीमा भनिएको छ । प्रदेश संयोजक रेशम बुढा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भारत आफैले विवादित भनेको लिपुलेकको पहाडका कुनाकन्दराका ठूला – ठूला चट्टानहरू फोर्दै सडक बनाएर उद्घाटन समेत हुँदा नेपाल सरकारले अनभिज्ञता जनाउनु भनेको नेपाल सरकारको लापरवाही, गैहजिम्मेवारीपन वा नेपाल सरकारकै मिलेमतोमा भएको राष्ट्रघाती कार्य भन्ने आम नेपाली नागरिकहरूको ठहर छ ।
नेपाल सरकारद्वारा अविलम्ब कुटनीतिक पहल गरी उक्त घटनाको बारेमा भारत सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न गराउन साथै नेपालको भू – भाग तथा सिमा सुरक्षार्थ उक्त स्थानमा नेपाली सेनाको स्थायी क्याम्प खडा गर्न आग्रह गरेको छ । आगामी दिनमा राष्ट्रिय स्वाधिनता तथा सार्वभौमसत्तासंग सम्बन्धित मुद्दाहरू समाधानको लागि शिघ्न पहल कदम नचाले आम नेपाली युवाहरू सिमा सुरक्षार्थ खटिन सक्षम रहेको जानकारी गराउदै पटक – पटक भारतको हेपाहा प्रवृत्ती प्रती गम्भिर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।
बिगतको समयमा त्रिदेशिय विन्दु लिम्पियाधुरामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि.जिन.पिङद्वारा नेपाल सरकारको अनुपस्थितीमा लिम्पियाधुरा भन्दा ५३ . १२ किलोमिटर पूर्वको नेपाली भूमी लिपुलेकलाई दुई देश बिचको बिन्दु मान्दै गरिएको द्विपक्षीय व्यापारिक सम्झौता अनुरूपको गरिएको सडक निर्माण कार्य नेपाल सरकार र सम्पूर्ण नेपाली नागरिकहरूको चर्को विरोधका कारण तत्कालको लागि स्थगित गरिएको थियो ।
हेरौ बिज्ञप्तीको पुर्ण पाठ :-

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago