नेपालको राष्ट्रिय स्वाधिनता एवम् सार्वभौमसत्तालाई ठूलो ठेस पुग्यो – मौलिक जरोकिलो पार्टी

बुटवल । सुगौली सन्धिमा लिम्पियाधुराबाट निस्किएको काली नदीलाई नेपालको पश्चिमी सिमाना भनेर स्पष्ट उल्लेख गरिए पनि पश्चिमी सिमाना भारतबाट मिचिएको भन्दै मौलिक जरोकिलो पार्टी ५ नम्बर प्रदेशले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । “नेपाल, चीन, र भारतको त्रिदेशिय विन्दु लिम्पियाधुरा रहेको जनाउदै भारत पक्षद्वारा नेपालको भुभागमा सडक निर्माण कार्य पूरा गरी सञ्चालनको लागि इण्डियन रक्षामन्त्री राजनाथ सिहबाट उद्घाटन समेत भएको घटनाले नेपालको राष्ट्रिय स्वाधिनता एवम् सार्वभौमसत्तालाई ठाडो चुनौती दिदै ठूलो ठेस पुयाएको छ” बिज्ञप्तीमा भनिएको छ । प्रदेश संयोजक रेशम बुढा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भारत आफैले विवादित भनेको लिपुलेकको पहाडका कुनाकन्दराका ठूला – ठूला चट्टानहरू फोर्दै सडक बनाएर उद्घाटन समेत हुँदा नेपाल सरकारले अनभिज्ञता जनाउनु भनेको नेपाल सरकारको लापरवाही, गैहजिम्मेवारीपन वा नेपाल सरकारकै मिलेमतोमा भएको राष्ट्रघाती कार्य भन्ने आम नेपाली नागरिकहरूको ठहर छ ।
नेपाल सरकारद्वारा अविलम्ब कुटनीतिक पहल गरी उक्त घटनाको बारेमा भारत सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न गराउन साथै नेपालको भू – भाग तथा सिमा सुरक्षार्थ उक्त स्थानमा नेपाली सेनाको स्थायी क्याम्प खडा गर्न आग्रह गरेको छ । आगामी दिनमा राष्ट्रिय स्वाधिनता तथा सार्वभौमसत्तासंग सम्बन्धित मुद्दाहरू समाधानको लागि शिघ्न पहल कदम नचाले आम नेपाली युवाहरू सिमा सुरक्षार्थ खटिन सक्षम रहेको जानकारी गराउदै पटक – पटक भारतको हेपाहा प्रवृत्ती प्रती गम्भिर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।
बिगतको समयमा त्रिदेशिय विन्दु लिम्पियाधुरामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि.जिन.पिङद्वारा नेपाल सरकारको अनुपस्थितीमा लिम्पियाधुरा भन्दा ५३ . १२ किलोमिटर पूर्वको नेपाली भूमी लिपुलेकलाई दुई देश बिचको बिन्दु मान्दै गरिएको द्विपक्षीय व्यापारिक सम्झौता अनुरूपको गरिएको सडक निर्माण कार्य नेपाल सरकार र सम्पूर्ण नेपाली नागरिकहरूको चर्को विरोधका कारण तत्कालको लागि स्थगित गरिएको थियो ।
हेरौ बिज्ञप्तीको पुर्ण पाठ :-

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago