पाल्पा । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागी गरिएको लकडाउन खुकुलो भएको भन्दै राष्ट्रिय युवा संघ पाल्पाले नियमन निकाएको ध्यानाकर्षण गराएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल, पाल्पाका संयोजक धनेन्द्रराज घिमिरे र सह – संयोजक कृष्ण पाण्डे द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा छिमेकी जिल्लामा समेत कोराना संक्रमित पुष्टि भैसकेको अवस्थालाई मध्यनजर गर्दै पाल्पाको लकडाउन अझै कडाइकासाथ लागु गराउन, सम्भव भएसम्मका सामाग्रीहरु बाहिरी जिल्लाबाट भित्रिन नदिन र पाल्पा आत्म निर्भर रहेको दुध, तरकारी जस्ता सामाग्रीहरु बाहिरी जिल्लाबाट आयात गर्न कोहि समयको लागी पुर्ण रुपमा बन्द गराउने व्यवस्था मिलाउनहुन सम्बन्धित पक्षसंग आग्रह गरिएको छ । जनताको सुरक्षाको लागि सरकारले लकडाउन लगायतका आदेशहरु जारी गरेको जनाउदै हाम्रो जस्तो सीमित साधन र सोत भएको मुलुकमा महामारी संग लड्नु गाह्रो छ तरपनि सरकार हरप्रयास लागिरहेको छ त्यसैले संकटको यो पलमा सम्पूर्णलाई सरकारको आदेशहरु पुर्णरुपमा पालना गर्नु सर्बसाधारण लाई अनुरोध गरेको छ ।
२०७६ चैत्र ११ गते देखि जारी लकडाउन बैसाख २६ गते पछि खुकुलो बन्दै गएको थियो ।
हेरौ बिज्ञप्ती :-
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…