लकडाउन कडा बनाउन राष्ट्रिय युवा संघ पाल्पाको ध्यानाकर्षण

पाल्पा । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागी गरिएको लकडाउन खुकुलो भएको भन्दै राष्ट्रिय युवा संघ पाल्पाले नियमन निकाएको ध्यानाकर्षण गराएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल, पाल्पाका संयोजक धनेन्द्रराज घिमिरे र सह – संयोजक कृष्ण पाण्डे द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा छिमेकी जिल्लामा समेत कोराना संक्रमित पुष्टि भैसकेको अवस्थालाई मध्यनजर गर्दै पाल्पाको लकडाउन अझै कडाइकासाथ लागु गराउन, सम्भव भएसम्मका सामाग्रीहरु बाहिरी जिल्लाबाट भित्रिन नदिन र पाल्पा आत्म निर्भर रहेको दुध, तरकारी जस्ता सामाग्रीहरु बाहिरी जिल्लाबाट आयात गर्न कोहि समयको लागी पुर्ण रुपमा बन्द गराउने व्यवस्था मिलाउनहुन सम्बन्धित पक्षसंग आग्रह गरिएको छ । जनताको सुरक्षाको लागि सरकारले लकडाउन लगायतका आदेशहरु जारी गरेको जनाउदै हाम्रो जस्तो सीमित साधन र सोत भएको मुलुकमा महामारी संग लड्नु गाह्रो छ तरपनि सरकार हरप्रयास लागिरहेको छ त्यसैले संकटको यो पलमा सम्पूर्णलाई सरकारको आदेशहरु पुर्णरुपमा पालना गर्नु सर्बसाधारण लाई अनुरोध गरेको छ ।
२०७६ चैत्र ११ गते देखि जारी लकडाउन बैसाख २६ गते पछि खुकुलो बन्दै गएको थियो ।
हेरौ बिज्ञप्ती :-

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago