तथ्यांक र प्रमाणको आधारमा बोल्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए ।

‘यो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । यो आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने कुरा होइन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।’ बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए ।

भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा विवाद उत्पन्न भएको थियो । सोमबारको संसदीय समितिमा सत्तारुढ नेकपाकै सांसद भीम रावलले मन्त्री अर्यालको भनाईको विरोध गरेका थिए ।

भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएपछि सीमा विवाद बढेको छ । यसबारे सरकारले भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरिसकेको छ भने भारतीय विदेश मन्त्रालयले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको बताएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago