राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित बजेट ल्याउन भीम रावल को सरकारलाई सुझाव ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए ।

देश र जनता सुरक्षित नभई कुनै पनि काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेसम्म काम सुरु नभएको उनले बताए । पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहे पनि अहिले सबै बन्द रहेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माणलगायत व्यक्तिगत आवश्यक उपकरणको प्रवन्ध गर्न सरकारलाई आग्रह गरे ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे । सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago