नेपाल रेडक्रस सोसाइटी पाल्पाको स्वर्णमहोत्सव

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव शानिवार सम्पन्न भएको छ । जिल्ला शाखा पाल्पा, स्थापनाको पचासौं वर्षलाई स्वर्ण महोत्सवको रूपमा मनाएको हो। शाखाको भवनमा संक्षिप्त समारोहको आयोजना गरी स्वर्ण महोत्सव लोगो अनावरण र स्मारिका विमोचन गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले निस्वार्थ सेवाभावले अग्रसर रहनुपर्ने रेडक्रसको मर्मलाई आत्मसात गर्दै रेडक्रस अभियन्ताहरूले अगाडि सार्ने सेवा अभियानमा तानसेन नगरपालिकाको सदैव साथ रहने विश्वास व्यक्त गर्नुभयो । ‘रेडक्रस जस्तो महान् संस्था महामारीको समयमा पनि आफ्नो क्षमताले भ्याएसम्म जनपक्षिय काममा अग्रसर भएकोमा प्रसंशा व्यक्त गर्दछु ।’ नगरप्रमुख शाहीले भन्नुभयो, ‘अहिले कोभिडको कारण अन्य क्षेत्रमा जस्तै पर्यटन उद्योगलाई समेत प्रभाव पारकोले कोभिडपश्चात नगरबासीमा पर्न सक्ने आर्थिक असरलाई कम गर्ने मान्यताका साथ तानसेन नगरपालिका अगाडि बढेको छ ।’ शाहीले दैवी विपत्ती प्रतिकार, विपदमा मानवीय सहायता लगायतका सामाजिक गतिविधिमा नगरपालिका रेडक्रससँग सधैं सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

रेडक्रस पाल्पा २०२७ मंसिर २७ मा स्थापना भएको हो । स्थापनासँगै रेडक्रस मानवीय सहायतामा लागेको र अहिले ५० औं वर्षसम्म निरन्तर मानवीय सेवामै सक्रिय हुनु रेडक्रस पाल्पाको आफैमा गौरवपूर्ण इतिहास भएको सभापति बुद्धिप्रसाद शर्माले बताउनुभयो । उहाँले पाल्पा शाखाको स्वर्ण महोत्सवलाई कोशे ढुंगाको रूपमा लिएको धारणा राख्नुभयो । सोही अवसरमा उहाँले रेडक्रसका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शाखाका सल्लाहकार वरिष्ठ पत्रकार मेघराज शर्मा, मणिमुकुन्द उपशाखा उपसभापति सकुन्तला बज्राचार्य, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले शुभकामना मन्तव्य राख्दै विपद् र संकटका बेला समुदायमा निर्भिकतापूर्वक आफ्नो उपस्थिति देखाउन रेडक्रकर्मीलाई आग्रह गर्नुभयो ।

शाखा सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोषाध्यक्ष भिमसेन कार्कीको स्वागत, उपसभापति कृष्णराज शर्माको धन्यवाद ज्ञापन र मन्त्री केशव पौडेलको सञ्चालनमा भएको थियो । कार्यक्रममा सल्लाहकार, पूर्व अध्यक्ष, उपशाखा, युवा रेडक्रस सर्कलका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago