पहिलो खेलमा नारायणीको जित

काठमाडौंगौतमबुद्ध कप क्रिकेट अन्तर्गत पहिलो खेलमा टिम नारायणीले  जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर ओभरमा पराजित गरेको हो ।

फाइल फोटो

चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा बागमतीले जितका लागि दिएको ११८ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाउन सफल भएको थियो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै सिद्धार्थ लोहनीले २० रन बनाउँदा इशान पाडले १३ तथा कप्तान सुवास खकुरेलले ११ रन बनाउन सफल भए ।

बलिङतर्फ वागमतीका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ, बिक्रम सोव, ललित राजवंशी र राशिद खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । वागमतीका लागि सुनिल धमला र विक्रम सोबले सर्वाधिक ३७–३७ रनको योगदान गरे । त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए । नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए ।

नारायणी टिमको नेतृत्व पारस खड्काले सम्हालेका छन् भने बागमती टिमको नेतृत्व  ज्ञानेन्द्र मल्लले गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago