फाइल फोटो
काठमाडौं ।गौतमबुद्ध कप क्रिकेट अन्तर्गत पहिलो खेलमा टिम नारायणीले जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर ओभरमा पराजित गरेको हो ।
चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा बागमतीले जितका लागि दिएको ११८ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाउन सफल भएको थियो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै सिद्धार्थ लोहनीले २० रन बनाउँदा इशान पाडले १३ तथा कप्तान सुवास खकुरेलले ११ रन बनाउन सफल भए ।
बलिङतर्फ वागमतीका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ, बिक्रम सोव, ललित राजवंशी र राशिद खानले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । वागमतीका लागि सुनिल धमला र विक्रम सोबले सर्वाधिक ३७–३७ रनको योगदान गरे । त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए । नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए ।
नारायणी टिमको नेतृत्व पारस खड्काले सम्हालेका छन् भने बागमती टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…