धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

बागलुङ। धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको विसं २०६१ कात्तिक २७गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमारेडियोको विस्तार शुरु भएको हो

अहिले बागलुङमा मात्र दश वटा रेडियो सञ्चालित छन् एफएम रेडियोको प्रसारण पहुँच पनि व्यापक बनेको वार्षिकोत्सवकाअवसरमा विगतमा जस्तो खुला कार्यक्रम÷समारोह गर्न नसकिए पनि रचनात्मक ढङ्गले कृयाकलापहरु गरिएको एफएमका स्टेसन प्रमुखउमाकान्त शर्माले जानकारी दिनुभयो

त्रिदिवसीय कार्यक्रमसहित वार्षिकोत्सव मनायौँ, मूल समारोहलाई पनि स्टुडियो भित्रैबाट प्रत्यक्ष प्रसारणमार्फत फरक ढङ्गले सम्पन्न¥र्यौँ”, उहाँले भन्नुभयो पहिलो दिन मङ्गलबार भाषा, साहित्यको उन्नयनमा धवलागिरि एफएमको भूमिका विषयक रेडियोअन्तरक्रिया खुला मुक्तक प्रतियोगिता गरिएको थियो

बुधबार धवलागिरि अस्पतालका बिरामीलाई तातो दूध वितरण, बागलुङ जिल्लाबाट कला, सङ्गीतका क्षेत्रका विशिष्ट योगदानपु¥याएका व्यक्तित्वसँग अन्तरसम्वाद, कोभिड१९ ले शैक्षिक जगतमा निम्तिएको समस्याबारे सरोकार भएका पक्षबीच छलफल पत्रकार÷सञ्चारकर्मीबीचसङ्कटमा सञ्चारविषयमा अन्तरक्रिया गरिएको थियो

विद्यमान महामारीको स्थितिमा सञ्चारमाध्यम पत्रकार/सञ्चारकर्मीले भोगेका जटिलताबारे कार्यक्रममा विर्मश गरिएको थियो सोहीशीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सक्षम सञ्चार गृहले नै श्रमजीवीपत्रकारलाई हठात् सेवाबाट हटाउनु दुःखद् भएको बताउनुभयो

उहाँले पत्रकार पनि उच्च सीप दक्षतासहित प्रतिस्पर्धी बजारमा उत्रनुपर्ने बताउनुभयो सङ्कटसँग जुध्ने सङ्घर्ष गर्न नसक्ने सञ्चारसंस्था या पत्रकार आफै पलाएन हुने अध्यक्ष शिरीषको भनाइ प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले हरेक चुनौतीसँगै सम्भावनापनि हुने भन्दै सङ्कटका बेला पत्रकारको भूमिका झन् अहम् हुने धारणा राख्नुभयो

धवलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमले राज्यले सञ्चारमाध्यमको सबलीकरणका लागि उचित प्रबन्ध गर्नुपर्ने बताउनुभयो विकासको एउटा सूचकको रुपमा सञ्चार पनि भएको स्मरण गराउँदै उहाँले बजेट÷कार्यक्रम आउँदा सञ्चार क्षेत्र उपेक्षामा पर्ने गरेकोगुनासो गर्नुभयो अध्यक्ष गौतमले सञ्चार प्रतिष्ठानको सबलीकरणका लागि परियोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago