धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा

बागलुङ। धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको विसं २०६१ कात्तिक २७गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमारेडियोको विस्तार शुरु भएको हो

अहिले बागलुङमा मात्र दश वटा रेडियो सञ्चालित छन् एफएम रेडियोको प्रसारण पहुँच पनि व्यापक बनेको वार्षिकोत्सवकाअवसरमा विगतमा जस्तो खुला कार्यक्रम÷समारोह गर्न नसकिए पनि रचनात्मक ढङ्गले कृयाकलापहरु गरिएको एफएमका स्टेसन प्रमुखउमाकान्त शर्माले जानकारी दिनुभयो

त्रिदिवसीय कार्यक्रमसहित वार्षिकोत्सव मनायौँ, मूल समारोहलाई पनि स्टुडियो भित्रैबाट प्रत्यक्ष प्रसारणमार्फत फरक ढङ्गले सम्पन्न¥र्यौँ”, उहाँले भन्नुभयो पहिलो दिन मङ्गलबार भाषा, साहित्यको उन्नयनमा धवलागिरि एफएमको भूमिका विषयक रेडियोअन्तरक्रिया खुला मुक्तक प्रतियोगिता गरिएको थियो

बुधबार धवलागिरि अस्पतालका बिरामीलाई तातो दूध वितरण, बागलुङ जिल्लाबाट कला, सङ्गीतका क्षेत्रका विशिष्ट योगदानपु¥याएका व्यक्तित्वसँग अन्तरसम्वाद, कोभिड१९ ले शैक्षिक जगतमा निम्तिएको समस्याबारे सरोकार भएका पक्षबीच छलफल पत्रकार÷सञ्चारकर्मीबीचसङ्कटमा सञ्चारविषयमा अन्तरक्रिया गरिएको थियो

विद्यमान महामारीको स्थितिमा सञ्चारमाध्यम पत्रकार/सञ्चारकर्मीले भोगेका जटिलताबारे कार्यक्रममा विर्मश गरिएको थियो सोहीशीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सक्षम सञ्चार गृहले नै श्रमजीवीपत्रकारलाई हठात् सेवाबाट हटाउनु दुःखद् भएको बताउनुभयो

उहाँले पत्रकार पनि उच्च सीप दक्षतासहित प्रतिस्पर्धी बजारमा उत्रनुपर्ने बताउनुभयो सङ्कटसँग जुध्ने सङ्घर्ष गर्न नसक्ने सञ्चारसंस्था या पत्रकार आफै पलाएन हुने अध्यक्ष शिरीषको भनाइ प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले हरेक चुनौतीसँगै सम्भावनापनि हुने भन्दै सङ्कटका बेला पत्रकारको भूमिका झन् अहम् हुने धारणा राख्नुभयो

धवलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमले राज्यले सञ्चारमाध्यमको सबलीकरणका लागि उचित प्रबन्ध गर्नुपर्ने बताउनुभयो विकासको एउटा सूचकको रुपमा सञ्चार पनि भएको स्मरण गराउँदै उहाँले बजेट÷कार्यक्रम आउँदा सञ्चार क्षेत्र उपेक्षामा पर्ने गरेकोगुनासो गर्नुभयो अध्यक्ष गौतमले सञ्चार प्रतिष्ठानको सबलीकरणका लागि परियोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago