मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको गत असार महिनामा भएको परीक्षणका क्रममादुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयकाप्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो उहाँका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीलेबताएको केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “सम्भावित सबै ठाउँमापुनरावलोकन भइरहेको

फोटो फाईल

मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको सुरुङमा पानी पठाउन थालिएको दुईमहिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिनुभयो मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेरपानी पठाइनेछ सुरुङमा पानी भरिएपछि पनि केही दिनहोल्डगरेर राखिने उहाँले जानकारी दिनुभयो उहाँले भन्नुभयो, “पानी भित्रभरिएर केही दिन राख्दा बल्ल कतै समस्या छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयो सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फतपाइपमा पानी पुग्छ उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरणथालिने उहाँले जानकारी दिनुभयो अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको उहाँले भन्नुभयो, “पानी झरेपछि पुरानोसंरचनाबाट पानी पठाउने नयाँ विच्छाइएका पाइपको परीक्षण एउटै समयमा हुनेछ

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटनाभएको थियो सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो दुर्घटनाका बारेमा बुझ्का लागिखानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाटहुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको

सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए दुर्घटनाका कारण इञ्जिनीयर सतीशगोहित सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिएभने चालक थापामगर अझै बेपत्ता छन्

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरुले जिम्मेवारी लिएका थिए   इटासकम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो आयोजनामा यस पहिले कामगरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भएपनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो

आयोजनाको बाँकी काम सम्पन्न गर्नै गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिलेहेडबक्सनिर्माण गरिरहेको हेडबक्ससकिन अझै महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनिअरू निर्माणका काम रोकिएको थिएन बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरीसुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको तीमध्येएउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माणभएकोे थियो

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्थाजसरी काम हुन सकेको थिएन निर्माण कम्पनीले उपलब्ध जनशक्ति सामग्रीबाट निर्माण गरिरहेको थियो स्थानीयवासी स्थानीयतहले आयोजनाका कारण कोभिड१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो लामो समयसम्म पनिसम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्नमेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन्२००१ मा सम्झौता भएको थियो पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमाटाट पल्टेर कम्पनी फिर्ता भयो केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्कासम्झौता भएको थियो खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको ।रासस।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago