सिद्धार्थ राजमार्ग आज देखी दैनिक बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग दैनिक तीन घण्टा बन्द हुने ।

फाईल फोटो

पाल्पा , असोज २६ ।  सिद्धार्थ राजमार्ग सोमबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड असोज २९ सम्म बन्द हुने भएको हो।

बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुने छ। राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नु परेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए। केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएको छ। अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ।

सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए। दशैं र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए। सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago