रुपन्देही । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलको भौतिक निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको निरीक्षण गरेका छन्।

कोरोना संक्रमणको महामारीकै बीचमा शुक्रबार विमानस्थलको निरीक्षणका लागि आएका मन्त्री भट्टराईले कोरोना संक्रमणकाबीच पनि विमानस्थलको निर्माण नरोकिएकोले डिसेम्बरसम्म सकिने विश्वास व्यक्त गरे।मन्त्रालयको जिम्मेवारी लिएलगत्तै विमानस्थलको निर्माणप्रति निरन्तर चासो राख्दै आएका भट्टराई नियमित रुपमा विमानस्थल निरीक्षणको लागि आउने गरेका छन्। उनले केही उपकरण र जडान गर्ने दक्ष जनशक्ति कोरोनाकै बीच पनि ल्याउने तयारी गरिएको बताए।

नेपाल सरकारले निर्माण गरिरहेका २१ वटा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गौतमबुद्ध विमानस्थल पनि एक हो। ति सबै आयोजनाभन्दा यो विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने मन्त्री भट्टराईले बताए। उनले विमानस्थल निर्माण सकिएपछि तत्कालै संचालनमा आउने बताए। नागरिक उड्डय प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने र त्यसपछि अन्तर्राष्ट्रिय उडान संचालनका लागि प्रमाणीकरण गर्ने गरी काम अघि बढेको बताए।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको बताए। एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनका कारण राेकिएपछि उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्ड लगायतका मुलुकबाट पनि जनशक्ति ल्याउनु पर्ने उनको भनाइ छ।

विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र सामान्य उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङको काम भइरहेको छ। आयोजना प्रमुख अधिकारीले दक्ष जनशक्ति नआउँदासम्म ठूला उपकरण जडानको काम हुन नसक्ने बताए।

विमानस्थलको अहिलेसम्म ९२.५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले बताए। सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको निर्माण कार्य सन् २०१७ डिसेम्बरभित्र सक्नेगरी सम्झौता गरिएको थियो। हाल पाँचौ पटक म्याद थप गरी २०२० को डिसेम्बरसम्म पुर्याइएको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरीरहेको विमास्थलको दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago