रुपन्देही । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलको भौतिक निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको निरीक्षण गरेका छन्।

कोरोना संक्रमणको महामारीकै बीचमा शुक्रबार विमानस्थलको निरीक्षणका लागि आएका मन्त्री भट्टराईले कोरोना संक्रमणकाबीच पनि विमानस्थलको निर्माण नरोकिएकोले डिसेम्बरसम्म सकिने विश्वास व्यक्त गरे।मन्त्रालयको जिम्मेवारी लिएलगत्तै विमानस्थलको निर्माणप्रति निरन्तर चासो राख्दै आएका भट्टराई नियमित रुपमा विमानस्थल निरीक्षणको लागि आउने गरेका छन्। उनले केही उपकरण र जडान गर्ने दक्ष जनशक्ति कोरोनाकै बीच पनि ल्याउने तयारी गरिएको बताए।

नेपाल सरकारले निर्माण गरिरहेका २१ वटा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गौतमबुद्ध विमानस्थल पनि एक हो। ति सबै आयोजनाभन्दा यो विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने मन्त्री भट्टराईले बताए। उनले विमानस्थल निर्माण सकिएपछि तत्कालै संचालनमा आउने बताए। नागरिक उड्डय प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने र त्यसपछि अन्तर्राष्ट्रिय उडान संचालनका लागि प्रमाणीकरण गर्ने गरी काम अघि बढेको बताए।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको बताए। एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनका कारण राेकिएपछि उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्ड लगायतका मुलुकबाट पनि जनशक्ति ल्याउनु पर्ने उनको भनाइ छ।

विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र सामान्य उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङको काम भइरहेको छ। आयोजना प्रमुख अधिकारीले दक्ष जनशक्ति नआउँदासम्म ठूला उपकरण जडानको काम हुन नसक्ने बताए।

विमानस्थलको अहिलेसम्म ९२.५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले बताए। सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको निर्माण कार्य सन् २०१७ डिसेम्बरभित्र सक्नेगरी सम्झौता गरिएको थियो। हाल पाँचौ पटक म्याद थप गरी २०२० को डिसेम्बरसम्म पुर्याइएको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरीरहेको विमास्थलको दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago