कामदार नहुँदा मध्यपहाडी राजमार्गमा कालोपत्र हुन सकेन ।

पोखरा । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ ।

पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना तोकिएकै समयभित्रमा बन्न नसक्ने देखिएको छ । विसं २०७३ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो राजमार्ग निर्माणको ठेक्का सम्झौता भए पनि शुरुआतमा बिजुुलीका पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदासमेत काम प्रभावित बनेको थियो । राजमार्गको कास्की खण्ड अन्तर्गतको हाल निर्माणाधीन ३७ किमी सडकलाई तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो । 

याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एन्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । त्यसैगरी घट्टेखोलादेखि नयाँपुल सम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ को लागतमा ठेक्का सम्झौता गरिएको थियो । घट्टेखोलाबाट नयाँपुलसम्म ९० प्रतिशत हाराहारीमा भौतिक प्रगति भए पनि याम्दीदेखि घट्टेखोलासम्म भने ७० प्रतिशत हाराहारीमा मात्र काम भएको छ । बन्दाबन्दीका अवधिमा समेत सीमित मजदूर तथा उपकरणबाट आयोजनाको काम भएकामा हाल कालोपत्रको काम शुरु गर्न मजदूर अभाव भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना पर्वतले जनाएको छ । काममा ढिलाइ हुँदा आयोजनाको लागतसमेत बढ्ने भएको छ । 

याम्दीदेखि घट्टेखोलासम्म सडक समथर बनाउने (बेस बिछ्याउने) काम भइरहेको छ । केही स्थानमा अब कालोपत्रेको तयारी भए पनि निर्माणस्थलमा मजदूर ल्याउन निर्माण कम्पनीले नसकेको आयोजनाका इन्जिनीयर अनन्त बरालले बताए । असोज पहिलो साता भित्रमा बेस बिछ्याएर कालोपत्र शुरु गर्ने तयारीस्वरुप मजदूर ल्याउनका लागि प्रशासनसँग समन्वय गरिएको उनको भनाइ छ । सडक कालोपत्र गर्ने अधिकांश मजदूर भारतीय रहेकाले समेत उनीहरुलाई कार्यस्थलमा ल्याउन नसक्दा काम प्रभावित भएको बताइन्छ । उच्च प्रविधिको ‘अस्पात’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्र गर्ने योजना रहेको बताइन्छ । 

राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँबायाँ दुई÷दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलादेखि नयाँपुलसम्म भने दुई लेनमात्र बन्नेछ । “घट्टेखोला–नयाँपुल प्याकेजको भौतिक प्रगति राम्रो रहे पनि याम्दी देखिको सडक निर्माण शुरुआतमै ढिलाइ भएको थियो, लकडाउनमा सीमित नेपाली मजदूरबाट काम भए पनि कालोपत्र गर्न भारतीय कामदार नै चाहिन्छ”, बरालले भने, “सडकमा बेस राखेर पिचको तयारी गरिएको छ तर अहिल्यै काम शुरु गर्ने अवस्था छैन, असोजदेखि सहज भयो भने पिचको काम पनि शुरु हुन्छ ।”

मध्य पहाडी राजमार्ग छ लेनमा विस्तार शुरु भएपछि साबिकको दुई लेनको कालोपत्र सडक भत्काइएपछि सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलोले गर्दा स्थानीयवासी पीडित हुने गरेका छन् । आयोजनाको निर्माण कम्पनीले अन्य सबै काम सकिएको र कालोपत्रमात्र बाँकी रहेको जनाउँदै विसं २०७७ भित्रमै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।

याम्दीदेखि घट्टेखोलासम्मको कामको जिम्मा पाएको स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले असोजपछि मजदूर पनि ल्याउन सहज हुने विश्वास रहेको बताउँदै कालोपत्रको धमाधम शरु गरेर यसै वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । साबिक पोखरा–बाग्लुङ राजमार्ग हुँदै राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग विस्तार गरिएपछि बाग्लुङ, पर्वत, म्याग्दी तथा मुस्ताङवासीलाई थप सहज हुनेछ । आव २०६५/०६६ देखि सञ्चालन भएको यस आयोजनालाई सरकारले पछिल्ला वर्षहरुमा प्राथमिकतामा राखेको छ । 

नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यो लोकमार्ग एक हजार ८७९ किमी लामो छ । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago