शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौं ।  मुलकभर कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै सरकारले यसअघि जारी गरेका कतिपय आदेशहरु संशोधन तथा थपघट गरेको छ । मन्त्रीपरिष्दको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका लगायत मुलुकभर बढ्दै गएको भन्दै यसअघि जारी गरेको आदेश संशोधन तथा थपघट गरेको हो ।

यसअन्तर्गत भदौ १ गतेदेखि सञ्चालन गर्न दिने भनेको लामो दूरीका सार्वजनिक यातायात १६ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको छ । यस्तै, शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा लगायत सञ्चालन गर्ने दिने निर्णय गरेको थियो । 

कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को सूचना प्रकाशित नभएसम्म सिनेमा हल, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत समेत नखोल्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री र सूचना, सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

उनले होटल, रेष्टुरेन्ट र ट्रेकिङग सञ्चालन गर्न रोक लगाएको सेमत बताउनुभयो । होटल र रेष्टुरेन्टले खाना तयार गरेर लैजाने सेवा मात्र सञ्चालन गर्न पाउने निर्णय भएको उनले बताए । मन्त्रीपरिष्दको बैठकल सीमा नाकाबाट हुने आवतजावतलाई पुनः थप कडाइ गर्ने निर्णय पनि गरेको छ । जसअनुसार २० वटा अन्तर्राष्ट्रिय सिमा नाकाबाट प्रवेश गर्न सक्ने निर्णय गरेकोमा त्यसकालाई घटाएर १० वटा नाका बाट मात्रै नेपाल प्रवेश गर्न सक्ने निर्णय गरेको छ । 

मन्त्री खतिवडाले झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मादर, रौतहतको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने गरी निर्णय भएको जानकारी दिए । उनले सोबाहेकको सिमा नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने समेत बताए । 

यसअघि प्रवेशविन्दु बाट हुने आवतजावत साउन ३२ गते मध्य रात सम्म गर्ने निर्णय भएकोमा यसलाई थप गर्दै भदौ ३१ गते सम्म निरन्तरता दिने निर्णय समेत भएको छ । मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई भने नाकाबाट आउनदिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

मन्त्रीपरिष्दको बैठकले काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन र सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने व्यवस्था मिलाउन निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिए । उनले काठमाडौं उपत्यका प्रवेशविन्दुमा हुने आवतजावतलाई समेत थप कडाई गर्दै स्थानीय तहको स्वीकृती विना प्रवेशमा रोक लगाउने निर्णय समेत भएको जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago