आज भगवतीको रथ यात्राको दिन पाल्पा जिल्लामा सार्बजनिक बिदा

पाल्पा । राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको रथयात्राका दिन आज पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको छ । प्रदेश नम्बर ५ सरकारले गत बैशाख १७ गते राजपत्र प्रकाशन गरी भगवती जात्राको दिन सार्बजनिक बिदा दिने जानकारी दिएको थियो । यस बर्षको भगवतीजात्रा आज साउन २८ गते बुधबार परेको छ ।
यो संगै निश्चित पर्व मनाउने समुदाय र त्यो स्थान, रुकुम र रोल्पामा हुने भूमे पूजा, थारु समुदायले मनाउने बडकवा अतवारी पर्बको दिन थारु समुदाय लाई समेत सार्बजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गरेको निर्णयले राष्ट्रिय गौरवको रुपमा मनाउदै आएको भगवती जात्राको प्रचारप्रसार र सम्मानमा इट्टा थपिएको जनाउदै प्रदेश सरकार प्रती आभारी भएको रणउजेश्वरी भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए ।
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकाल्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिनको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन बिचभागमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकाल्ने गरिन्छ । तर यो यो बर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भगवतीको रथलाई बजार परिक्रमा नगराइने भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago