भगवती रथयात्रा औपचारिकतामा सिमित हुँदै, यस बर्ष बजार परिक्रमा नहुने

पाल्पा । दुई शताब्दीको इतिहास बोकेको भगवतीको रथयात्रा औपचारिकतामा मात्रै सिमित हुने भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यो वर्ष मन्दिर परिक्रमा गरी मन्दिर परिसरमै सामान्य रुपमा भगवतीको परिक्रमा गराइने भएको छ । यो बर्ष मनाइने जात्रा २ सय २ औं श्रृंखला हो । ऐतिहासिक जात्रालाई निरन्तरता दिन मात्र यस बर्षको रथयात्रा औपचारिकतामा सिमित गरिने भगवती मन्दिर ब्यवस्थापन (गुठी) समितिले जनाएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको आह्वान र जिल्ला स्तरीय बैठकको निर्णयले यस वर्षका सबै जात्राहरु औपचारिकतामा मात्रै समित हुने भएका हुन । अघिल्लाहरु बर्षहरुमा जस्तो यो बर्ष रथको बजार परिक्रमा हुँदैन । जात्रा बुधबार बिहान ११ बजेसम्म सर्वसाधारण नागरिकहरुका लागि सामाजिक भौतिक दुरी कायम गरेर मन्दिरको दर्शन गर्न पाउने ब्यवस्था मिलाइएको छ ।
रथ यात्राको अघिल्लो दिन भगवतीको जाग्राममा पाल्पाली नाट्य कला सास्कृतिक समूह तानसेनले सामाजिक दुरि कायम गर्दै मन्दिर परिसरमा निकालियेको लाखेनाच प्रदर्शन गरेको थियो ।

फाइल फोटो : भगवती मन्दिरमा रथयात्रा, तानसेन पाल्पा,

यस्तो छ भगवती जात्राको इतिहास
बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा हरेक बर्ष हुँदै आएको छ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।
विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय २ वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ । लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा कर्णेल उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ ।
यो बर्ष बाट प्रदेश नम्बर ५ सरकारले पाल्पा जिल्लाभर सार्बजनिक बिदा समेत दिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago